कागती खेती बाट लाखौं कमाइ

बिदेश जानुअघि लगाएको कागती आउँदा उत्पादन दिनथालेपछी बाके कुशुम बाघखोरका झग्गु प्रसाद वली रमाए"- राप्तीसोनारी गाँउपालिका वडा नं. १ कुशुम बाघखोरका झग्गु प्रसाद वलीले ३ वर्ष विदेशी भूमिमा पसिना बगाए । वैदेशिक रोजगारीका लागि सन् २०१४मा मलेसियाको मलकामा पुगेका थिए।केही वर्ष विदेशमै काम गरेर ६ वर्षअघि स्वदेश फर्किए।विदेश जानुअघिदेखि वलीले डेढ विगाह कागतीका बेर्ना लगाएर गएका थिए। उनी विदेशमा छँदा त्यो काम पत्नीले सम्हाल्दै आइन। छोरा(छोरी हुर्काउँदै कागतीका बेर्नाहरु स्याहार गरिन ।

वली लाई कागती खेती प्रति रुची जगाउने र मनग्ये आम्दानी हुन्छ भन्ने प्रेरणा दिने राप्तीसोनारी गाँउपालिका वडा नं.१का मेदलाल वलीले दिएका थिए । कागती खेतीबाट राम्रो आम्दानी हुन्छ भन्नेमा झग्गुलालले विश्वास गरेका थिएनन् । तैपनी प्रेरणाको श्रोतका रुपमा रहेका मेदलालले सल्लाह दिएपछी कागती पेशा शुरुवात गरेका थिए । झग्गु प्रसादले विदेशमा गर्नुपरेको परिश्रमका बारेका पूर्ण जानकार छन् । १२ घण्टाको कडा मेहनेत र परिश्रमले आफ्नो खर्च कटाएर महिनाको २०÷३० हजार घरमा पठाउथे ।तैपनी उनी खुसी थिएनन् । घरपरिवार देखी टाढाँ र समाजदेखी टाढा बिनारो मुलुकमा काम गर्नुपर्दाको पीडा थियो । विदेशमा गर्नुपर्ने मेहनेत आफ्नै जन्मभुमीमा गर्नुपर्छ भन्ने सोच वलीलाई आयो । वैदेशिक रोजगारबाट फर्केपछी आफुले लगाएका कागतीका बेर्नाहरुलाई संरक्षण गर्दै एक युवा सफल व्यवसायी बन्ने परिकल्पना गरे । २०६९ सालमा कागती खेती शुरुवात गरेका वली अहिले बार्षिक ६ लाख भन्दा बढि आम्दानी गर्न सफल भएका छन् ।

राप्तीसोनारी गाँउपालिका वडा नं. १ बाघखोरमा उत्पादन भएका वलीका कागतीहरुको बजार अहिले घोराई, लमही, तुल्सीपुर,काठमाण्डौ, पोखरा र समेत पुग्ने गर्दछ् । वलीले शुरुवात गरेको कागती पेशाबाट उनीमात्र रोजगार नभएर ६ जना युवाहरुलाई रोजगार समेत दिन सफल भएका छन् । कृषि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका वलीलाई राप्तीसोनारी गाँउपालिकाले उत्कृष्ट कृषकको रुपमा सम्मान समेत गरिसकेको छ । युवा कृषक वली भन्छन् विदेश भनेको क्षेणिक समयका लागी मात्र हो , दुख गर्नको लागी जाने हो । परिवार संग बसेर पैसा कमाउनका लागि त आफ्नै जन्मभूमीमा थुप्रै अवसरहरु छन् तर मेहनेत गर्नुपर्छ उनको भनाई रहेको छ । वलीको कागती खेतीबाट आकर्षण भएर राप्तीसोनारी गाँउपालिका वडा नं.१ का अन्य कृषकहरु पनी उक्त पेशालाई निरन्तरता दिएका छन् । राप्तीसोनारी गाँउपालिका वडा नं.१का प्रकाश घर्तिले अहिले ६ कठ्ठा जमिन भाडामा लिएर कागती खेती गरेका छन् भने राप्तीसोनारी १ कै इश्वरी वली ,दिलिप केसी पनी कागती खेती गरिरहेका छन् ।

प्रतिकेजी ८० देखी१ सय ३० रुपँया सम्म कागतीको कारोबार हुनेगर्दछ । भारतीय बजार संग स्थानिय स्तरमा उत्पादन भएको कागती खेती प्रतिस्पर्धाका लागि चुनौती समेत रहेको छ । राप्तीसोनारी गाँउपालिकाले समय समयमा कृषि क्षेत्रका लागि आवश्यक पर्ने सामग्रीहरु वलीले पाएको खुसी सुनाए । वलीका अनुसार कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्नका लागि स्थानिय तहले विभिन्न फरक फरक खालका प्रभावकारी कार्यक्रमहरु वडा स्तरमा ल्याउनुपर्ने उनको बुझाई रहेको छ । आफ्नै जन्मभूमीमा युवाहरुलाई परिश्रम गर्ने बातारण सिर्जना गर्न सकिएमा बेरोजगार भएर विदेश जानुपर्ने बाध्यता अन्त्य हुने वलीको भनाई रहेको छ ।वलीले पछिल्लो समयमा कुखुरा पालन व्यवसाय गर्दै आएका छन् । कागती खेती फार्ममा कुखुरा पालन सहज हुनेभएकाले व्यवसायीक रुपमै कुखुरा पालनलाई पनि विशेष ग्राहयता दिने उनको सोचाई रहेको छ ।तस्वीर तथा जानकारी - झग्गु प्रसाद वली/ बाके

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।