देवेन्द्र गुरुङ लाई बचाऔँ: युनिक खबर

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराई निवासी देबेन्द्र गुरुङ लाई  बचाउनको लागि विभिन्न प्रयासहरु सुरु भएका छन् l साविक पौदीअमराई गाविस वडा नं ३ निवासी ५२ वर्षीय देवेन्द्र गुरुङ बिगत ३ बर्षदेखि कलेजोको समस्याको कारण बिरामी हुनु भएको छ l काठमाडौंको टिचिङ हस्पिटलमा उपचार  गराइ रहनु भएका कलेजो समस्या का बिरामी गुरुङ को उपचार को लागि ३५ लाख भन्दा बढी रकम लाग्ने बताइएको छ l साधारण परिवारमा जन्मिनु भएका गुरुङ को पारिबारिक आर्थिक अवस्था कमजोर रहेको र आफूहरु सँग भएको आर्थिक गुरुङको उपचारको लागि खर्च भइसकेको हुनाले उहाँको जीवन रक्षाको लागि  देवेन्द्र  गुरुङ लाई चिन्नु हुने,माया गर्ने देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु संग सक्दो सहयोग गर्नको लागि उहाँको परिवारले आग्रह गरेको छ l 

 विगत केही दिन अगाडि देखि गुरुङको उपचार लाई सहयोग पुर्याउने उद्देश्यले देवेन्द्र गुरुङ उपचारार्थ सहयोग अभियान नाम दिई देश-विदेशमा रहनुभएका गुरुङका आफन्तजनहरु,इष्टमित्र हरुबाट सक्दो सहयोग संकलन कार्य शुरु गरिएको छ l उक्त अभियानले गुरुङको उपचारार्थ हालसम्म १८ लाख भन्दा बढी रकम संकलन भइसकेको जानकारी दिएको छ l 

लामो समयदेखि कलेजो को उपचार गर्दै आउनु भएका बिरामी गुरुङको कलेजो नै प्रत्यारोपण गर्नुपर्ने देखिएको हुनाले सबैले थोरै धेरै जति सकिन्छ सक्दो सहयोग गरी पुण्य कमाउन को लागि सहयोग संकलनका लागि गठित अभियानले सबैमा आग्रह गरेको छ l 

देबेन्द्र गुरुङ लाई बचाउनको लागि यतिखेर पौदी सेभ सोसाइटीका अध्यक्ष सन्तोष गिरी,जापानबाट पौदी सेभ सोसाइटीका अध्यक्ष अमर गिरी,पपुवा न्युगिनी बाट अशोक गौतम लगायतका व्यक्तित्वहरुले सहयोग संकलन कार्यलाई महत्वका साथ अगाडि बढाइ रहनु भएको छ l  

यसैगरी मुसिकोट नगरपालिका १ मा समाजसेवी व्यक्तित्व नारायण बहादुर थापा को सक्रियतामा सहयोग संकलन कार्यलाई अगाडि बढाइएको बुझिएको छ l 

सहयोग गर्ने र रकम बोल्नु भएका साथिहरुको लागि 

बैंक खाता विवरण

Name- Nari Kumari Gurung

AC No- 7007010003574

Global IME Bank (Milanchok Butwal Branch)

नरी गुरुङ्ग- 9857064353

समाजसेवी युवा व्यक्तित्व मुसिकोट १ पौदीअमराई निवासी देवेन्द्र गुरुङ सबैको अत्यन्तै प्रिय,सहयोगी तथा गतिशील व्यक्तित्व भएको ऊहाको जीवन रक्षाको लागि गुरुङ लाई चिन्नु हुने,माया गर्नुहुने,देश-विदेशमा रहनुभएका सहयोगी मनहरुले सक्दो सहयोग रकम ऐच्छिक रूपमा  माथि उल्लेखित खातामा जम्मा गर्दै आएको सहयोग अभियानले जानकारी दिएको छ l 

 युनिक खबर डट कम परिवार देबेन्द्र गुरुङको जीवन रक्षाको लागि सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु संग उपचारार्थ सक्दो रुपमा आर्थिक सहयोग गरीदिनको लागि विशेष अनुरोध गर्दछौं l गुरुङको उपचारार्थ सुरु गरिएका सबै अभियानहरु सफल हुन् भन्दै कलेजोका बिरामी देवेन्द्र गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना  गर्दछौं l 

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।