बढ्दो दुर्घटना कम गर्न राज्यको पहल बढाउन दवाव दिऔं :एमाले नेता श्रीपाली

नेपाल कम्युनिस्ट पार्टी एमाले गुल्मी जिल्ला पार्टी सचिब तथा युवा नेता गणेश श्रीपालीले बढ्दो दुर्घटना कम गर्न राज्यको पहल बढाउन दवाव दिन जरुरी रहेको धारणा ब्यक्त गर्नु भएको छ।लगातार सडक दुर्घटनामा हामीले जनधनको क्षती व्यहोरेका छौ भन्दै नेता श्रीपालीले यो वर्षको मध्यावधिमै २० दुर्घटनामा १४ जनाको ज्यान गएको बताउनु भएको छ।

एमाले गुल्मी जिल्ला पार्टी सचिब तथा युवा नेता गणेश श्रीपाली भन्नुहुन्छ : २०७८ माघ ७ गते अर्लाङ्गकोटमा जीप दुर्घटना भयो र एकजनाको ज्यान गयो । चार/पाँच जना घाइते भए । केही दिन पहिले पाल्पाको लघुवामा बस दुर्घटना भयो । यसै गरी लगातार सडक दुर्घटनामा हामीले जनधनको क्षती व्यहोरेका छौ । २०७८ को नयाँ वर्षमै हामीले जिल्ला प्रशासनका होनाहार कर्मचारीहरुलाई गुमायौ । काँग्रेसका नेता रुद्रमणी भण्डारीलाई गुमायौ । दोहलीबाट बाग्लुङ र तम्घास आउदा भएका दुर्घटना, बिरवासमा माइक्रोबस र दुबिचौरको बस दुर्घटनाको क्षतीलाई बिर्सन सक्दैनौ । जिल्ला ट्राफिक कार्यालयका अनुसार अघिल्ला तीन आर्थिक वर्षमा ३७ दुर्घटनामा २२ जनाको ज्यान गुमेको छ भने घाइतेको संख्या ८१ थियो ।

यो वर्षको मध्यावधिमै २० दुर्घटनामा १४ जनाको ज्यान गएको छ । यसरी सवारी दुर्घटनाको रफ्तार चिन्ताजनक रुपमा बढेको छ । सबैभन्दा बढी मोटरसाइकल र स्कुटी दुर्घटना हुने गरेका छन । ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा धेरैजसो चालकको लापरवाहीले हुने गरेको छ । यसका साथै गाडीको यान्त्रिक गडवडी र खराब सडकले पनि दुर्घटना हुने गरेको छ ।

गुल्मीमा २०६३ सालमा कायम गरिएको नौ जनाको ट्राफिक दरवन्दी थपिएको छैन । काजसहितका १५ जना र एउटा मोटरसाईकलले सिङ्गो जिल्ला हेर्नुपरेको छ ।

चालक तथा नागरिक सचेतनाका कार्यक्रम निकै कम छन । गाडीका जाँचपास नाम मात्रको छ । हामी नागरिक सचेत बनौ ।

बढ्दो दुर्घटना कम गर्न राज्यको पहल बढाउन दवाव दिऔं ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।