सई पौडेलको हत्यामा आमा छोराको संलग्नता

रामकृष्ण कंडेल,युनिक खवर✍️

बागलुङ जिल्लाको भिमगिठे स्थित प्रहरी कार्यालय इन्चार्ज वरिष्ठ सई उज्वल पौडेल को हत्यामा एकै परिवारका आमा छोराको संलग्नता देखिएको छ।जिल्ला बागलुङ बडिगाड गा.पा. वडा नं. ६ खाल बस्ने बर्ष ५१ कि आशा कुँवर र वर्ष २० को छोरा विनोद कुँवर सई पौडेलको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यलय बाग्लुड० ले जनाएको छ।

प्रहरीका अनुसारः”मिति २०८०।०४।०८ गते अं. २०:०० बजेको समयमा जिल्ला बागलुङ बडिगाड गा.पा. वडा नं. ६ खाल बजार स्थित आशा होटल एण्ड खाजा घरमा गएकोमा सोहि होटल सञ्चालिका आशा कुँवर र निजको छोरा बिनोद कुँवरसँग विवाद हुँदा उज्जल पौडेलको टाउकोमा हात मुक्काले मरणासन्न हुने गरी कुटपिट गरि छातिमा लात्तिले प्रहार गरी बेहोस भई भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी ऐ. अ. २३:३० बजेको समयमा हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्री समेत निकाली किचन राकमा लुकाई राखेको अवस्थामा फेला परेको छ”

सई पौडेलको हत्या पश्चात होटल सञ्चालिका आशा कुँवर र निजको छोरा बिनोद कुँवर लाई हिजो बिहान प्रहरीले नियन्त्रणमा लिई ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।