चर्चाको शिखरमा गुल्मी ददल्काका सुधन खरेल:युनिक खबर

"छिमेकीसँग पाँच सय रुपैयाँको उधारो सुन्तला किनेर बेच्न हिंडे। ददल्काबाट हिंडेर बाग्लुङको हटिया लगेर बेचे तर सबै बिक्री भएनन्। अनि बुर्तिबाङ सम्म पुगेर सुन्तला बिक्री गरे।त्यसरी व्यवसाय सुरु गरेको केही समयपछि सधैभरी अरूको सुन्तला बेचेर पुग्दैन भन्ने सोंच आयो"यो भनाइ हो गुल्मी मुसिकोट नगरपालिका ९ ददल्का निवासी युवा सुन्तला व्यवसायि सुधन खरेलको।मकै खेती गर्ने जमिनमा सुन्तला र बेसार लगाएपछि अहिले मकैले भन्दा दशौं गुणा आम्दानी भइरहेको सुधनको अनुभव छ।

सुन्तला अन्लोड गरि ब्याक लोड लियेर पुन सल्यान जाने तयारिमा रहेको बेला युनिक खबरले गुुल्मी मुसिकोट नगरपालिका वडा नं. ९ ददल्काका ३२ वर्षीय सुधन संग सम्पर्क गर्दा उहाँ निकै ब्यस्त रहेको पायौं।

बर्साद र हिम्पात को समस्याको कारण सुन्तलाको धुवानीमा निकै समस्या आउने गरेको बताउनुहुने सुधनले यस्ता समस्याहरु संग आफू जुधेरै अगाडि बडेको जानकारी दिनुभयो।

रुकुम,सल्ल्यान मा माल होल्टेज रहेको बताउनुहुने सुन्तला व्यवसायि खरेल यतिखेर चर्चित सुन्तला व्यावसायिको रुपमा चर्चाको शिखरमा हुनुहुन्छ।

"दुख पर्छ, अफ्ट्यारो पर्छ, घटना हुन्छ,दुर्घटना हुन्छ,आँसु झर्छ तर मर्द डराउदैन" भनेर समस्यामा परेका ब्यक्तिहरु लाई सान्त्वना दिने सुधनको बिशेसता हो।

साहित्यमा पनि रुचि राख्ने सुधन चित्त नबुझेका ब्यक्तिहरु लाई यसरी सुझाब दिनुहुन्छ:"ओरालो लाग्दा साथ नछोड्नुहोस, भोलि अफ्ट्यारो पर्दा पनि लौरी थमाउन आनाकानी नगर्ने मान्छे हो"

नेपाल का दुरदराजमा रहेका स्थानहरु सल्लेबन, निग्लाथान ,साङ्ले,तितेनी,पैयु भञ्ज्याङ्,सिम्ले,दाङ भालुबाङ, बागचौर,थार्मारे,कोट्मौला, कमलपोखरी,पिपल नेटा,चरीकोट,श्रीनगर,बागचौर, थारमारे ,पैयुबेसि,नगरबन, लालगडि,झुम्पा,कटेनी, बागचौर, कोट ,मौला,सल्ल्यान को डागीगाउँ,छत्रेस्वोरी,दमाचौर, दहखोला,पातीबन, टिम्लेचौर,ढोडे,भाटगाउँ जस्ता स्थानहरु सुधनको लागि पानी पधेरो जस्तै बनी रहेका छन।

दुख मा रमिता हेर्ने आफन्ती लाई भन्दा दुखमा साथ दिने साधारण कटाल लाई प्रेम गर्ने स्वभावका सुधन का बारेमा पत्रकार प्रेम सुनार ले तयार गरेको समाचार सान्दर्भिक लागेकोले युनिक खबरमा प्रस्तुत गरेका छौ:

गुुल्मी मुसिकोट नगरपालिका वडा नं. ९ ददल्काका ३२ वर्षीय सुधन खरेललाई चिन्नेहरूले सुन्तलावाला भनेर चिन्छन । मिनी ट्रक लिएर उनी सुन्तला बेच्न रूकुम र सल्यान सम्म पनि पुग्छन् । बुटवल, पोखरा, काठमाडौं त उनका नियमित बजारहरू हुन् ।

सुधन सानैदेखि बारीभरी सुन्तला देखेरै हुर्किए । तर अहिले ती सुन्तलालाई पैसा कमाउन व्यवसायका रूपमा अंगालेर हिंडिरहेका छन् । १० वटा गाडी त उनले सुन्तला व्यवसायकै लागि राखेका छन् ।

सामन्य किसान परिवारमा जन्मिएर कक्षा १२ पास गरेपछि उनी पैसा कमाउन तिर लागे । व्यवसायीका रूपमा पहिलो कदम उनले सुन्तलामा राखे । दैनिक लुम्बिनीसँग कुरा गर्दै उनले भने–‘दुई दाइहरूमध्ये एक जनाले विदेश ताक्नु भयो । अर्को दाजु शिक्षकको जागिरे । तर मैले भने सुन्तलाको व्यापार ताकें ।’

व्यवसायको सुरुताका सुधन सँग पैसा थिएन । छिमेकीसँग पाँच सय रुपैयाँको उधारो सुन्तला किनेर बेच्न हिंडे। ददल्काबाट हिंडेर बाग्लुङको हटिया लगेर बेचे तर सबै बिक्री भएनन् । अनि बुर्तिबाङसम्म पुगेर सुन्तला बिक्री गरे । ‘त्यसरी व्यवसाय सुरु गरेको केही समयपछि सधैभरी अरूको सुन्तला बेचेर पुग्दैन भन्ने सोंच आयो । बाबु बाजेले कोदो मकैको खेती गर्दै आएको बारीमा सुन्तला रोपेँ । बँचेको जग्गामा बेसार लगाएँ ।’– सुन्तलाको व्यवसायका सुरुआती दिनहरू सम्झदै उनले भने ।

मकै खेती गर्ने जमिनमा सुन्तला र बेसार लगाएपछि अहिले मकैले भन्दा दशौं गुणा आम्दानी भइरहेको उनले अनुभव सुनाउँछन् ।

अहिले सुधनकोे बारीमा तीन सय ५० वटा सुन्तलाका बोटहरू छन् । सबै पाकेर पहेँलपुर देखिएका छन् । यस वर्ष यी बोटहरूबाट चार क्विन्टल ८५ किलो सुन्तला उत्पादन भएका छन् ।

यी सबै सुन्तला लाई बजारमा लगेर बेच्ने उनको योजना छ । त्यसका लागि उनले तीन वटा १० चक्के ठुला ट्रक, ६ चक्के दुई वटा ट्रक, एउटा मिनी ट्रक र ४ वटा बोलेरो जीप रहेका छन् । ‘सुन्तलावाला’लाई भ्याइनभ्याई छ । सुन्तलाको उत्पादन धेरै भएकाले त्यसलाई सुदनले कोल्ड स्टोरमा राख्ने गरेका छन् । उनको घरमा एउटा विशाल कोल्ड स्टोर छ । कोल्ड स्टोरमा राखेका सुन्तला उनले बैशाखम्म पनि बिक्री गर्छन् ।

यस वर्ष मंसिर १२ गतेदेखि सुन्तला बेच्न सुरु गरेका सुधनले अहिलेसम्म १२ करोडको सुन्तला बेचिसकेका छन् । यो सिजनभर कम्तिमा १५ करोडको सुन्तला बिक्री गर्ने उनको लक्ष्य छ। गुल्मी, बाग्लुङ्ग, स्याङ्गजा, तनहुँ , प्यूठान, सल्यान, रूकुम, कैलाली, डोटीलगायका १४ जिल्लाका सुन्तला उनले खरिद गरी बिक्री गर्छन् । जुन पेशा अवलम्बन गरे पनि त्यसलाई निरन्तरता दिएमा विदेश जानु नपर्ने उनको अनुभव छ ।

सुधनको ददल्का गाउँ सबैभन्दा ठूला सुन्तला र रसिला दाना भएको सुन्तलाको गाउँ भनेर चिनिन्छ । गाउँका बुढापाकाहरूले घरमा खानका लागि सुन्तलाका बोटहरू हुर्काए पनि सुदनले झैं ठूलो परिमाणमा व्यवसायिक रूपमा सुन्तला खेती गरेका थिएनन् । तर गाउँमा सडक पुगेसँगै सबैभन्दा पहिले सुन्तलालाई व्यवसायिक रूप दिने काम भने सुदनले गरेका हुन् । सुधन सम्झन्छन्, ‘सडक नहुँदा डोकामा सुन्तला बोक्दाको त्यो परिश्रम म कहिल्लै भुल्न सक्दिनँ ।’

सुन्तला व्यवसाय लाई कर्म बनाएका सुधनले सरकारबाट कुनै पनि अनुदान लिएका छैनन् । यसै पनि गर्नेहरूले भन्दा नगर्नेहरूले अनुदान पाउने गरेको प्रति उनी त्यती सन्तुष्ट छैनन् । उनी भन्छन्–‘म एउटा युवाले यति ठुलो सुन्तला खेती र कारोबार गर्दै आए पनि न हिजो जिल्लाको कृषि कार्यालय बाट अनुदान पाएँ न अहिले मुसिकोट नगरपालिकाबाट एक पैसा अनुदान लिएको छु ।’

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।