चर्चित मोडल तथा गायक ओबी रायमाझी सहित कलाकारहरु गुल्मीको वामीमा

 पछिल्लो समय निकै चर्चामा रहेका युवा मोडल तथा चर्चित गायक ओ बी रायमाझी सहित का राष्ट्रीय कलाकारहरु दुई वटा गीतहरू को छयांकन को लागि गुल्मीको वामीटक्सारमा विगत दुई दिन देखि व्यस्त रहनु भएको छ l

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय निकै चर्चाको शिखरमा रहनुभएका कलाकारहरू ओबी रायमाझी,सारिका के.सी,मोहन खड्का,बिनोद भन्डारी,आयुस्मा कार्की,क्यामेरामेन नवराज उप्रेती गित छायांकनको क्रममा गुल्मीको वामी टक्सारमा केही दिन रहने बताइएको छ l वामीटक्सार आसपासका निकै सुन्दर तथा रमणीय स्थलहरु लाई गीतमा स्थान दिइएको छ l "यस क्षेत्रको विकासको लागि प्रचारप्रसारमा थप टेवा पुगोस भनेर आफू सहितको कलाकारहरूको टिम छायांकनको लागि यहाँ आएको" चर्चित मोडल तथा गायक रायमाझीले युनिक खबर डट कम सँग बताउनु भयो l

चर्चित गायक तथा गायिकाहरु खेम सेनचुरि तथा सुनिता बुढा को स्वरमा रहेका दुई वटा गीतहरू लाई छायांकनको लागि कलाकारहरूको टिम गुल्मी आएको हो l हिजो बिहान देखि छायांकन सुरु गरिएको र अझै केही दिन यहाँका महत्वपूर्ण स्थानहरूमा  छायांकनको लागि कलाकारहरूको टिम व्यस्त रहने बताइएको छ l 

 कलाकार मोहन खड्काको कहाँ छौं कुन्नि खै र सारिका केसीको यस्तै हो संसार बोलको गित छायांकनको लागि कलाकारहरु यस क्षेत्रमा ब्यस्त देखिनु भएको छ l सबै उमेर समूहका मानिसहरुले पछिल्लो समय अत्यधिक मन पराएका कलाकारहरु ओ बी रायमाझी,सारिका के.सी लगायतका कलाकारहरू को वामीटक्सार आगमनले यस क्षेत्रमा थप रौनकता थपिएको छ l 

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।