सामुदायीक विद्यालयका समस्या सुधारका लागि बडिगाडलाई विज्ञको १४ बुँदे सुझाव

सामुदायीक विद्यालयका समस्याहरु सुधारको लागि विज्ञहरुले बडिगाड गाँउपालिकालाई १४ बुँदे सुझाव दिएका छन । शनिबार बडिगाड गाउँपालिकाले आयोजना गरेको शैक्षिक क्षेत्रमा विद्यमान समस्या एवं चुनौतीको समाधान सहित शैक्षिक सुदृढिकरणका लागि वृहत शैक्षिक सम्मेलनमा उक्त सुझाव विज्ञले दिएका हुन । 

प्रधानाध्यापकलाई कम्तीमा तीन वर्षे करार नियुक्ति गरी लक्ष्य स्पष्ट तोकेर सम्झौता गर्ने र प्रधानाध्यापकको भत्ता बढाउने, प्रधानाध्यापकले विद्यालय सुधारको स्पष्ट कार्ययोजना निर्माण गर्नु पर्ने साथै प्रधानाध्यापकले कक्षा शिक्षक तथा विषय शिक्षकसंग सिकाइ सम्झौता गरि न्युनतम सिकाइ उपलब्धी हासिल नगरे के गर्ने ? त्यो स्पष्ट तोक्ने आग्रह गरेका छन ।

विज्ञले शिक्षक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने, विद्यालयमा राजनीति पुर्ण रुपमा बन्द गर्नु पर्ने, गीत, संगीत, नृत्य, खेलकुद लगायतका अतिरिक्त प्रशिक्षकको व्यवस्थापन गर्नुपर्ने भन्दै  बालकक्षा र आधारभूत तहका विद्यालयलाई विशेष पहल गरेर सुधार गर्नुपर्ने बताएका छन ।

सो अबसरमा कमजोर अवस्थाका सबै विद्यार्थीको पहिचान गरी उपचारात्मक कक्षाको सुरुवात गर्नु पर्ने, एक विद्यार्थी एक सीप, एक विद्यालय एक उत्पादन कार्यक्रमको थालनि गर्नुपर्ने, गणित र विज्ञान जस्ता विषय अंग्रेजी माध्यममा पनि पठन्पाठन गराउन शिक्षकहरुलाई सुझाव उनिहरुले दिएका हुन ।

यस्तै उनिहरुले बडिगाड गाउँपालिकालाई पालिका तथा विद्यालयको आवश्यकता र प्राथमिकता पत्ता लगाई लक्ष्य तय गरेर क्रमश सुधार गर्दै लैजाने आग्रह समेत गरे । जसको लागि स्पष्ट लक्ष्य बनाएर कार्ययोजना सहित सुधार गर्दै लैजाने भनेका छन ।

साथै उनिहरुले आफ्नो बसमा भएको समाधान र वरपर रहेका उपलब्ध स्रोत र साधन पत्ता लगाई त्यसलाई प्राथमिकीकरण गरेर पहिले समाधान गर्न आग्रह गरेका छन । समुदायको सहभागितामा विद्यालय सुधार गर्न ‘हामी सुधार गर्छौं, हाम्रो विद्यालय’ अभियान चलाउनु प्रर्ने समेत बताका छन । 

सम्मेलनमा विज्ञले प्रस्ताव गरेका सुझावलाई बडिगाड गाउँपालिकाले कार्यान्वयनको लागि कार्यपालिका बैठकमा छलफल गर्ने पालिकाले जनाएको छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।