ब्रहमकुमारी विश्वविद्यालय वामीटक्सार शाखाको आयोजनामा शुभकामना आदानप्रदान

युनिक खवर

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ वामिटक्सार बजारमा अवस्थित ब्रहमकुमारी विश्वविद्यालयको आयोजनामा नवबर्ष ०७८ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रशासकीय अधिकृत खिमानन्द भुसाल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो भने बिशिस्ट अतिथिहरुमा क्रमश वडाध्यक्ष तथा युवा नेता प्रकाश काफ्ले,नेपाल शिक्षक महासंघ गुल्मीका सचिव रामकृस्ण कडेल,शैक्षिक व्यक्तित्व टंकनाथ भण्डारी, नव खबर डटकमका प्रधान सम्पादक विष्णु प्रसाद आचार्य,ग्लोबल बैक वामी शाखाका प्रमुख माधव उपाध्याय लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सबै बक्ताहरूले शुभकामना मन्तब्य राख्दै यस संस्थाको महत्व तथा आध्यात्मिक चिन्तनको बारेमा प्रकाश पार्नु भएको थियो।कार्यक्रममा वामीटक्सार बासीहरूको उपस्थिती रहेको थियो।

शुभकामना आदनप्रदान कार्यक्रम संस्थाका को वामीटक्सार शाखा प्रमुख दिज्यु ब्रहमकुमारी देबीका को अध्यक्षता तथा सञ्चालन ब्रहमकुमारी बिश्वबिधालयका सकृय कार्यकर्ता कुलराज शर्माले गर्नुभएको थियो।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।