गुल्मीका आभास गौतम अमेरिकाको चुनाबमा बने उम्मेद्वार

युनिक खवर✍️

गुल्मीको जुभुड०का आभास गौतमले क्यालिफोर्निया राज्यको विधान सभाका लागि डिस्ट्रिक्ट ५ बाट रिपब्लिकन पार्टीबाट उम्मेदवारी घोषणा गरेको समाचार युनिक खवर डट कम लाई प्राप्त भएको छ।अमेरिकामा विधान सभाको चुनाव आगामी नोभेम्बरमा हुँदै छ। युनिभर्सिटी अफ सडन क्यालिफोर्नियाबाट बिजनेसमा ब्याचलर सकाएका आभासले आफुले नेपाल र नेपाली लाई बिश्वसामु चिनाऊनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारी घोषणा गरेको बताएका छन।

स्कुल जीवन देखि नै राजनीतिमा चासो राखेका २३ बर्षिय आभासलाई पूर्व राष्ट्रपति ट्रम्पको गैर कानुनी आप्रवासी प्रतिको धारणा मन पर्छ।’ट्रम्पले मन नपराउने भनेको गैर कानुनी रूपमा अमेरिकामा आउने आप्रवासीलाई हो उनीहरूका कारण हामी जस्ता कानुनी रूपमा आउनेलाई पनि अप्ठेरो परेको छ’आभास भन्छन।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।