लोकसर्जक हेमनाथ खरालको सकृयतामा आमा बजारमा

रामकृष्ण कंडेल,युनिक खवर✍️

लोक सिर्जना ‘आमा’ले यतिखेर सांगितिक मावल तताएको छ। गुल्मेली सर्जकहरु रामचन्द्र चन्द र हेमनाथ खरालको सकृयतामा हालै आमा बजारमा ल्याईएको हो।कर्णपृय स्वर,साहित्यिक शब्दहरूको संकलन,उत्कृष्टबाजाहरू को प्रयोग,ऐतिहॅासिक दृष्य तथा शुन्दर कलाकारहरू को अभिनयले गित निकै राम्रो बनिरहेको छ।

गुल्मीको वामीमा जन्मनुभएका खराल लामो समयदेखि दक्षिण कोरियामा कार्यरत हुनुहुन्छ।धर्म संस्कृतीमा बिशेष ज्ञान हॅासिल गर्नुभएका खराल पछिल्लो समय लोकसांगितिक क्षेत्र लाई समेत मायॅा गर्नथाल्नुभएको छ। खराल ले यसभन्दा अगाडि आफ्नै स्वरमा मौलिक यानिमाया सार्वजनिक गरिसक्नुभएको छ भने थुप्रै गीतमा शब्द रचना र लय सिर्जना गर्नुभएको छ

स्वर रामचन्द्र चन्द, सरिता केसी र मनिकला मगरको रहेको छ। शब्द संयोजन हेमनाथ खराल र महेश पुन मगरले गर्नुभएको हो भने निर्माण र निर्देशन हेमनाथ खरालले गर्नुभएको छ।

आमा ले देश,काल,परिस्थिति र बर्तमान नेपाली समाजको आजको परिवेशलाई चित्रण गरेको पाईन्छ।म्युजिक भिडियो रामचन्द्र चन्द युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।