गुल्मी समाज भिक्टोरिया र वामी बिश्व सम्पर्क मन्च अस्ट्रेलियाले गर्यो ढोरपाटनमा ठुलो सहयोग

नगरप्रमुख देवकुमार नेपालीले सहयोगीहरु लाई धन्यवाद व्यक्त गर्दै दुखको बेला प्राप्तहुने सहानुभूतिले निकै ठुलो सहयोग तथा हौसलाको अनुभुती मिलेको बताऊनु भयो।नगरप्रमुख नेपालीले गुल्मी समाज भिक्टोरिया र वामी बिश्व सम्पर्क मन्च अस्ट्रेलियाले गरेको सहयोग कार्य प्रती आभार ब्यक्त गर्नु भयो।

वरिष्ठ पाइलट लामालाई कोरोना संक्रमण भएको पुष्टि

कोरोना देखिएपछि अहिले उनी काठमाडौंको सोल्टी होटेलमा आइसोलेसनमा छन्।नेपाल एयरलाइन्स स्रोतका अनुसार आइतबार लामाको रिर्पोट पोजेटिभ आएको हो। कोरोना देखिएपछि अहिले उनी काठमाडौंको सोल्टी होटेलमा आइसोलेसनमा छन्।

लन्डनमा हृदयघातबाट एक नेपाली युवाको निधन

पूर्व मिस्टर यूके नेपाल रचित कुंवर (लाल) को लन्डनमा ‘हार्ट अट्याक’ का कारण निधन भएको हो।करिब तीस वर्षीय कुंवरको बुधबार दिउसो झण्डै एक बजे साउथ इष्ट लन्डनस्थित निवासमा निधन भएको उनको पारिवारिक श्रोतले बताएको छ। उनको ‘कार्डियक अट्याक’ का कारण निधन भएको बताइएको छ।

दुर्घटनामा श्रीमानको ज्यान गयो: गर्भवती श्रीमती घाइते, पेटको बच्चा समेत जिउँदो रहेनन्

शनिवार विरामी लिएर काठमाडौ गएको एम्बुलेन्समा फर्कदा चालक सहित ४ जना सवार थिए । दुर्घटनामा चापाकोट ९ का श्याम पंगेनीको पनि निधन भएको छ । एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती पवित्रा पोख्रेल घाइते भएका छन् । उनिहरुको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तानसेनमा निधेधाज्ञा उलंघन गरेर सवारी चलाउनेहरु कारवाहीमा !

पाल्पा जिल्लाको तानसेन नगर एरियामा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको निषेधाज्ञा बर्खिलाप हुने गरी अनावस्यक रुपमा चलाएका २२ मोटर साइकल र १ ट्रकलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

गुल्मी प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्री राजेन्द्र सिंह खड्काको बिदाई

जिल्ला प्रहरी कार्यालय, गुल्मी बाट प्रदेश प्रहरी कार्यालय, प्रदेश नं ५ दाङमा सरुवा हुनु भएका प्रहरी उपरीक्षक खड्का लाई प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले दोसल्ला ओडाऊनु भएको थियो |

गुल्मी समाज पोल्यान्डले स्वर्गिय राजु न्यौपानेको परिवार लाई सहयोग रकम हस्तान्तरण

राजुको मधुमेह र कोल्डस्टोरको कारण ३२ वर्षको अल्पआयुमै गएको असार २३ गते पोल्यान्डमा मृत्यु भएको अर्यालले जानकारी दिए । उनको कोरोना महामारीका कारण पोल्यान्डमै दाहसंस्कार गरिएको थियो ।

गुल्मी आँपचौरका त्रीकामणि गैरे जापानको नदीमै मृत फेला

गैरेले कोठामा बसेर दिक्क हुनुभन्दा नदीको किनारमा रमाउने निधो गरे।त्यसैक्रममा उनले एक जना मिल्ने साथीलाई पनि लिएर जापानको सिनकोइवामा रहेको नदीमा गए।उनिहरु दुबै जना निकै रमाएका थिए। नदीमा पौडीदै आनन्द लिदै गरेका

एसईई को नतिजा सार्वजनिक

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो |

पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला

घर फर्कने क्रममा हिलोमा जुत्ता अड्किएर बल्खूको तरकारी बजारनेर खोलामा खसेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए ।