सांसद सुर्य थापाको सकृयतामा अलपत्र परेको सडकले पाऊनेभयो गुहार

रामकृष्ण कंडेल,युनिक खवर✍️

प्युठान जिल्ला बाट बिजयी चर्चित युवा सांसद सुर्य थापाको सकृयतामा अलपत्र परेको सडक निर्माण कार्य अब छिट्टै शुरूगर्ने सम्बन्धमा महत्वपुर्ण छलफलहरू शुरूभएका छन।समाचार हो बाग्दुला-मच्छी-ठुलाबेसी-भीमगिठे सडक को।यो सडक ७१ कि मी लामो तथा निकै दिर्घकालिन महत्व बोकेको बिकास आयोजनाको रूपमा हेरिएको छ।१० बर्षदेखि अलपत्र परेको र त्यत्ति नै अवधि पछि परेको यो सडक निर्माण कार्य लाई अब छिट्टै संचालनमा ल्याऊनका लागि सांसद थापाले भीमगिठे देखि बाग्दुला सम्म स्थलगत रूपमै पुगेर बाग्दुला-मच्छी-ठुलाबेसी-भीमगिठे सडक निर्माण किन अगाडि बढ्न सकेनभनी पछिल्लो अवस्थाको बारेमा जानकारी लिनुभएको छ।

सडक निर्माण कार्य अगाडि नबढ्दा प्युठानको झिमरूक र मच्छी तथा ठुलाबेसी र अर्खा क्षेत्र बिकासमा पछाडि परेको सांसद थापाले महसुस गर्नुभएको छ।यो क्षेत्रमा बसोबास गर्ने स्थानियहरूमा देखिएको निराशा लाई हटाऊनको लागि यो सडक निर्माण कार्य तत्काल सुचारू गरौं भन्दै सांसद थापाले बाग्दुला-मच्छी-ठुलाबेसी-भीमगिठे सडक को तुरून्त ठेक्का लगाउने सम्बन्धमा आयोजना कार्यालय प्रमुख नरेन्द्र सुवेदीसँग भेटघाट एवं लामो छलफल गर्नुभएको हामिसंगको कुराकानीमा सांसद थापाले जानकारी दिनुभयो।

‘यस सडकले प्युठान,गुल्मी,बाग्लुङ र पूर्व रूकुमसम्मका दुर्गम क्षेत्रको विकासमा कायापलट गर्ने तथा स्वर्गद्वारी-गौमुखी-रिडी, रेसुङ्गा-ढोरपाटन र मुक्तिनाथ क्षेत्रको समग्र पर्यटन विकासलाई एकीकृत र सहज बनाउन महत्वपूर्ण योगदान गर्नेछ’एमाले पोलिटब्युरो सदस्य तथा गुल्मी ईन्चार्जको भुमिकामा समेत रहनुभएका सांसद थापाले बताऊनुभयो।

छिटोभन्दा छिटो ठेक्काको प्रक्रिया शुरू गर्न सबै झन्झट र अवरोधहरू अन्त्त्य गरी ठेक्का लगाउन कार्यालय प्रमुख सुवेदी सहमत देखिनुभएको छ।

सडक आयोजनाको स्थलगत अवलोकनको समयमा सांसद थापाले यस क्षेत्रका जनप्रतिनिधिहरू र जनसाधारणको धारणा बुझी तत्काल एक्शनमा उत्रिएको समाचारले सबै खुसी र आशाबादी देखिएका छन र भन्नथालेका छन ‘१० बर्ष देखि अलपत्र परेको सडकले पाऊनेभयो गुहार’

स्मरण रहोस यस सडकको भिमगिठे तर्फ बडीगाड खोलामा पक्की पुल निर्माण भइसकेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको