नेपालको संविधानमा गाईको स्थान

नेपालको संविधानको धारा ९ को (३) मा नेपालको राष्ट्रिय जनावर गाई भन्ने प्रस्ट लेखिएको छ।

गाई नेपालको राष्ट्रिय जनावर हुनुको साथै हिन्दू धर्म परम्पराअनुसार लक्ष्मी मानी लक्ष्मी पूजामा गाई र गोरु पूजामा गोरुलाई पूजा गरी धार्मिक परम्परा छ ।

गाई संवैधानिक रूपमा हाम्रो राष्ट्रिय पहिचानसँग जोडिएको विषय मात्र नभई हाम्रो धर्म, संस्कृति, सभ्यता र परम्पराको एक प्रतीक हुँदा गौरक्षा नेपालको एउटा राष्ट्रिय दायित्व हो भन्ने स्पष्ट छ|

गाईसँग हामी प्रत्येक नेपालीको धार्मिक र सांस्कृतिक भावना जोडिएको छ ।

हिन्दू परम्पराअनुसार नेपालमा प्रत्येक वर्ष तिहारमा लक्ष्मी पूजाको दिन लक्ष्मीको रूप गाईलाई र गोबर्धन पूजाको दिन गोरुलाई धार्मिक परम्पराअनुसार पूजा गरी गाई र गोरुलाई माला लगाई मिठो मसिनो खाना दिने गरिन्छ ।परम्परादेखि चली आएको प्रथाको रूपमा गाईलाई माता मान्ने भएकोले गाईको गउँत पूजाआजामा शुद्ध हुनको लागि प्रयोगसमेत गरिन्छ ।

गाईलाई लातले छुनु हुँदैन, गाई मार्नु हुँदैन, गाईलाई काटी मासुको रूपमा प्रयोग गर्नु हुँदैन भनेर नै हिन्दू धर्मअनुसार सनातनदेखि निरन्तर रूपमा सम्मान गरीन्छ ।

गाईलाई काट्न मार्न कानूनतः प्रतिबन्ध लगाइएको हुँदा जीवित गाई र गोरुहरू कानूनतः संरक्षित पशु हो भन्ने स्थापित सिद्धान्त रहेको छ|

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २८९ मा गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन, त्यसो गरिएको स्थितिमा सो गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सक्ने अवस्था छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको