रुकुमको कमल दहमा कमलको जरा निकाल्ने तयारी

फागुन पहिलो हप्तादेखि वैशाखसम्म कमलको जरा निकाल्ने याम हो । त्यसैले यतिबेला सिस्ने–५ रुकुमकोटस्थित कमल दहमा दैनिक ठूलो भीड छ । पछिल्ला केही वर्ष देशका विभिन्न ठाउँबाट यसको खोजीमा मान्छेहरू रुकुमकोट पुगिरहेका छन् । यो समय कमल दह हेर्नेहरू मात्रै होइन, अरू कामले पनि जम्मा हुनेको संख्या धेरै छ । पानीमा फुल्ने कमलको फूल हेर्दा जति सुन्दर हुन्छ, त्यसको फाइदा पनि त्यत्तिकै ।

कमलको जराको अचार स्वादिष्ट मानिन्छ । जरा ताछेर बनाइएका चाना पछिसम्म पनि अचारको रूपमा प्रयोग गर्न सकिन्छ । हाल दहमा कमलको जरा निकाल्ने, खरिद गर्ने र त्यो दृश्य हेर्नेको भीड बाक्लै हुन्छ । तीन वर्षदेखि सिस्ने गाउँपालिकाले टेन्डरमार्फत कमलको जरा निकालेर बिक्री गरिरहेको छ । टेन्डर लिएका ठेकेदारलाई एक दिनमा पुरुषले ६ सय र महिलाले ४ सय रुपैयाँ तिरेपछि दिनभर कमलको जरा निकाल्ने अनुमति पाउँछन् । उनीहरू आफैँले निकालेको जरा आफैँ मूल्य राखेर बेच्छन् ।

कमलको जरा निकाल्ने याम फागुनदेखि वैशाखसम्म भए पनि गाउँपालिकाले चैत पहिलो सातासम्मका लागि मात्रै अनुमति दिएको छ । जरा निकाल्नु जोखिम हुन्छ । दहभित्र पसेर कमलको जरा खुट्टाको सहायताले फेला पार्नुपर्छ । केही सेकेन्ड पानीभित्रै डुबेर जरा निकाल्ने गरिन्छ । पौडँदै छाम्ने र जरा भेटिएपछि मात्रै आफू डुबेर त्यसलाई बाहिर निकालिन्छ ।यो याम स्थानीयका लागि आम्दानी लिने समय पनि हो । कमलको जरा निकाल्न सक्नेहरूले दैनिक २ देखि ६ हजारसम्म आम्दानी गर्छन् । कमलको जरा तौलेर वा नापेरभन्दा पनि अनुमानको भरमा बिक्री हुने गर्छ । एक दिनमा ६ सय तिरेर ६ हजारभन्दा बढी कमाउने स्थानीय पनि छन् । हरेक वर्ष कमलको जरा निकाल्दा त्यो जरा अर्को वर्ष थप फैलने स्थानीयको बुझाइ छ । कमलको काँचो जरा, फल र पात जन्डिसका लागि उपयुक्त हुने भएकाले पछिल्लो समय यसको बिक्री बढेको छ ।तस्वीर तथा जानकारी - जीवन प्रसाद पुन मगर/ रुकुम

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको