सांसद गोकर्ण बिष्टको सकृयतामा बिकास कार्यको अनुगमन

रामकृष्ण कंडेल,युनिक खवर✍️

गुल्मी जिल्ला क्षेत्रनं २ का संघिय सांसद गोकर्ण बिष्ट यतिखेर आफ्नो निर्वाचन क्षेत्रमा संचालित बिकास आयोजनाहरूको कार्य प्रगतिको अनुगमन निरिक्षणमा ब्यस्त रहनुभएको छ।यसै क्रममा मदन भण्डारी राजमार्गको तम्घास सिमलटारी खण्डमा निर्माणाधीन पुलहरुको अविलम्ब निर्माण सम्पन्न गर्नका लागि दबाब सृजना गर्नका लागि स्थलगत अवलोकन गरिएको छ।

बजेट विनियोजन गरि निरन्तरको ताकेताका वावजुद हुलाके,धर्नाजी,फुलवारी र घमिर खोलाका पुल समयमा निर्माण सम्पन्न नहुँदा जनताले निकै सास्ती भोग्नु परेको सन्दर्भमा निर्माणको प्रगती बुझ्न र अविलम्ब निर्माण सम्पन्न गर्नका लागि छलफल गरिएको सांसद बिष्टले बताऊनुभएको छ।आगामी तीन महिनाभित्र यस सडक खन्डमा चार वटै पुल सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त भएको अनुगमन निरिक्षण पश्चात सांसद बिष्टको भनाईरहेको छ।

आजको अनुगमनमा सांसद बिष्ट सहित जिल्ला समन्वय समितिका प्रमुख दोर्ण खत्री,प्रमुख जिल्ला अधिकारी कृष्ण शर्मा,मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका प्रमुख युवराज पोखरेल सहितका इन्जिनियरहरु,निर्माण व्यवसायीहरु र विभिन्न राजनीतिक दलका नेताहरू रहनुभएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको