गुल्मेली समाज जापानको अध्यक्षमा महेन्द्र कुमार अधिकारी चयन

रामकृष्ण कंडेल,युनिक खवर✍️

गुल्मेली समाज जापानको पाँचौ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।सेवामुलक उध्देश्यले सात समुन्द्र टाढा जापानमा स्थापित यस संस्थाको अधिबेशनले समाजसेवि युवा ब्यक्तित्व महेन्द्र कुमार अधिकारी लाई पुःन दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन गरेको छ।परोपकारी भावनाले चर्चित गुल्मी आपचौरको ईन्द्रेगौंडामा जन्मनुभएका अधिकारीको अध्यक्षतामा गठित समाजको उपाध्यक्षहरूमा क्रमश ईन्द्र थापा,पर्शुराम न्यौपाने,कृष्ण बाबु पोख्रेल, कुल बहादुर पोख्रेल,दिपक कंडेल ,ज्योति केसि र महिला उपाध्यक्षमा लक्ष्मी केसी महर्जन। महासचिवमा नेत्र प्रसाद पान्डेय, सचिवहरूमा दीपेन्द्र केसि,लक्ष्मण बस्नेत,सुदिप सापकोट,महिला सचिव कामना भन्डारी , त्यस्तै कोषाध्यक्ष निसान जिसि (अर्जुन) सह-कोषाध्यक्ष,निरज कार्कि ,टिकु विप्लप, युवा संयोजक निर्मल शर्मा ढकाल संगै सदस्यहरूमा होमलाल सापकोटा,अर्जुन भन्डारी,कृष्ण खरेल,धिरज भन्डारी,कमल श्रेष्ठ,ईश्वरी ढकाल,शिव प्रसाद खरेल,सरिता भन्डारी, लक्ष्मण भट्टाराई रहेका छन् ।

कार्यक्रममा नेपालबाट आएका लोकप्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारी,गायिका शान्ता रानि परियार संगै पुर्खे बाको प्रस्तुतिमा सॉंझ संगितमय बनेको थियो ।

नेपाली राजदुतावास जापानका राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यसंगै आईसिसि उपाध्यक्ष रोविन शेरचन लगायत विभिन्न संघ-संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरु,समाजसेवि,बौद्धिक व्यक्तित्वहरुका साथै गुल्मेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सन २०२४-२०२६ कार्यकालको लागि नयॉं कार्यसमिति गठन गरिएको बताईएको छ।अधिबेशन सफल बनाऊनको लागि बन्द सत्रमा संस्थापक अध्यक्ष बाबुराम भण्डारीको संयोजकत्वमा कुलचन्द्र खरेल र गुणराज सापकोटा सदस्य रहेको निर्वाचन मण्डलले महत्वपुर्ण भुमिका निर्बाह गरेको बताईएको छ।

समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीको सभापतित्वमा शुरूभएको खुलासत्र कार्यक्रममा नेत्र पान्डेयको संचालन एवम कृष्ण बाबु पोख्रेलको स्वागत मंन्तव्य रहेको थियो।

गुल्मेली समाज जापानको पाँचौ अधिवेशन भव्यताका साथ सम्पन्न भएको र आफुहरूले यस कार्यकालमा थप रचनात्मक कार्यहरू संचालन गर्ने नबनिर्बाचित अध्यक्ष महेन्द्र कुमार अधिकारीले हामिसंगको कुराकानीमा बताऊनुभएको छ।

पबित्र उध्देश्यका साथ स्थापित यस संस्था लाई हामिहरूले मातृभुमिको सेवाका लागि अगाडि बढाएका छौं भन्दै संस्थाका उपाध्यक्ष ईन्द्र थापाले जन्मभुमिमा आपत बिपत पर्दा यो संस्था मार्फत धेरै पुन्य कार्यहरू गर्दै आएको संस्मरण गर्नुभयो।उपाध्यक्ष थापाले भन्नुभयो’हामी हाम्रो देश लाई संसारको जुन स्थानमा रहेता पनि भुल्न सक्दैनौ,जती सक्छौं मातृभुमीको हितहुने कामनै गर्छौं,यो हाम्रो प्रतिबध्दता हो’

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको