गोल्डेन फ्यूचर एकेडेमीले बिद्यार्थीहरूको नतिजा प्रकाशन गर्यो

युनिक खवर,वामीटक्सार✍️

गुल्मीको वामिटक्सार स्थित गोल्डेन फ्यूचर एकेडेमीले आफ्नो बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरूको शैक्षिक सत्र २०८० को बार्षिक परीक्षाफल प्रकाशन गरेको छ।बिद्यालय परिसरमा अभिभाबकहरूको ब्यापक उपस्थितिमा बिबिध रोचक कार्यक्रमहरूका साथ नतिजा प्रकाशन कार्यक्रम गरिएको हो।

शिक्षक पुष्पा सापकोटा र विद्यार्थी प्रसंशा सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नगर उप-प्रमुख गंगा श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले,जिल्ला समन्वय समिति गुल्मीका सदस्य सावित्रा भण्डारी,युनिक खवर डट कमका प्रधानसम्पादक रामकृष्ण कंडेल,समाजसेविहरू भुवन के सी,गोपी कृष्ण खरेल,तेजेन्द्र बहादुर जि सी,टंकनाथ भण्डारी,पुष्पान्जली रेडियो बाट प्रकाश घिमिरे लगायतको बिशेष उपस्थिती रहेको थियो।

बिद्यालयका प्रिन्सिपल लोकनाथ सापकोटाका अनुसार पूर्व प्राथमिक तहमा सोस्तिमा राहाडी प्रथम,एन्जिना खनाल द्धितिय र सुजल कंडेल तथा अञ्जना भुषाल तृतीय भएका छन् ।त्यस्तै आधारभूत तहमा अनुष्का बुढाथोकी विद्यालय प्रथम,स्वेता सापकोटा र ममता खराल विद्यालय द्धितिय र सौगात खत्री विद्यालय तृतीय भएका छन,यस बर्ष विद्यालयले उत्कृष्ट शिक्षकको रुपमा शिक्षिका अस्मिता घिमिरेलाई पुरस्कृत गरिएको प्रिन्सिपल सापकोटाले बताऊनुभयो।

कार्यक्रम लाई प्रिन्सिपल लोकनाथ सापकोटाले बिशेष मन्तब्य राख्दै बिद्यालयमा नेपाली,संस्कृत लगायतका भाषा बिषयहरू पनि बिशेष महत्वका साथ अबदेखि थप पठनपाठन गरिने भएको बताऊनुभएको छ।’समयको माग अनुसार हामिले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएका छौं,यस बिषयमा अभिभावकहरू ढुक्कभई आफ्ना नानीबाबुहरू यस बिद्यालयमा भर्णागर्नुहुन बिशेष अनुरोध गर्दछु’प्रिन्सिपल सापकोटाको भनाई थियो।

पुरस्कार बितरण कार्यक्रम बिद्यालयका अध्यक्ष महेश बहादुर जि सी को अध्यक्षता तथा शिक्षक सुमित खत्रीको संचालनमा सम्पन्न भएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको