गुल्मीमा एमालेले सम्पन्न गरेको प्रशिक्षणबारे नेताहरूको प्रतिकृया

रामकृष्ण कंडेल,वामीटक्सार✍️

नेकपा (एमाले) गुल्मीले पहिलो पटक पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।७७ ओटै जिल्ला मध्ये पार्टी प्रशिक्षण कार्यक्रम जिल्लाको सबै पालिका सम्म २ दिने आवाशिय प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने प्रथम जिल्ला गुल्मी बनेको छ।गुल्मी जिल्लाको सबै पालिका स्तरिय प्रशिक्षण सम्पन्न गरे पश्चात नेकपा एमाले गुल्मी संग सम्बध्द सम्पर्क मन्चका प्रशिक्षण कार्यक्रमहरू पनि सम्पन्न भईसकेका छन।गत मङ्सिर ११ गतेबाट शुरू गरिएको प्रशिक्षण कार्यक्रम अभियानका रूपमा सञ्चालन गरी एक महिनाभित्रै सबै (१२ वटै) पालिकामा सम्पन्न गरिएको हो।पार्टीका स्थानीय नेताकार्यकर्तालाई वैचारिकरूमा प्रशिक्षित गरी नीति,विचार र दृष्टिकोणमा स्पष्टताका साथ सक्रिय बनाउन,पार्टीको कार्यदिशा र गन्तव्यका बारेमा पुनर्ताजगी गराउन प्रशिक्षण कार्यक्रम प्राथमिकताका साथ आयोजना गरिएको हो । 

पोलिटब्युरो सदस्य सुर्य थापा एमाले गुल्मीको पार्टी ईन्चार्जको भुमिकामा गुल्मी आए पश्चात प्रशिक्षण कार्यक्रममा तिब्रता दिईएको छ।संगठन भित्रका समस्याहरू पत्ता लगाई गतिशिल र उर्जावान पार्टी संगठन निर्माणका लागि ईन्चार्ज थापाको कमान्डमा जिल्ला पार्टी अगाडि बढेको देखिन्छ।यसै सन्दर्भमा गुल्मीका सबै पालिकाहरूमा प्रमुख प्रशिक्षक ईन्चार्ज थापा सहितका नेताहरू पुगी प्रशिक्षण कार्यक्रम संचालन भएको हो।

लामो समयको अन्तरालमा संचालन गरेको विषयबस्तु केन्द्रित राजनितिक बैचारिक प्रशिक्षण कस्तो रहयो भन्ने बिषयमा युनिक खवर डट कमको तर्फ देखि हामिहरूले प्रशिक्षणमा सहभागी एमालेका केही नेताहरूको बिचार संकलन गरेका छौं,प्रस्तुत छ गुल्मीमा आयोजित पार्टी प्रशिक्षणका बारेमा नेताहरूको प्रतिकृयाः

बालसिंड० काऊछा,जिल्ला कमिटी अध्यक्ष,गुल्मी

मान्छेले पढाउन थाल्दा सिक्न शुरू गर्छ भन्ने भनाइ सहित शुरू गरेको प्रशिक्षण कार्यक्रम जिल्ला कमिटी गुल्मीको बार्षिक कार्यक्रम अन्तरगत पालिका स्तरको सबै तहमा सम्पन्न भएको छ।विगत ११ बर्ष देखि वैचारिक,सैध्दान्तिक बिषयमा नभएको प्रशिक्षण कार्यक्रमले उत्साह,जांगरका साथै ज्ञानको भोक जगाउने काम गरेको समिक्षा गरिएको छ।पार्टी भनेको चुनाव,चुनाव जिताउने,अवसर पाउने,दिलाउने भन्दा अन्य केही होईन भन्ने बुझाई रहेको अहिलेको अवस्थामा यसले पार्टी बुझ्ने,बुझाउने काम र पार्टीका नेताहरूलाई अभ्यस्त बन्न पनि अनिवार्य बनाउने काम गरेको छ।दशौं राष्ट्रिय महाधिवेशनबाट पारीत पार्टीको कार्यदिशा,कार्यभारका बारेमा समेत एकरूपतामा प्रष्ट भएको समीक्षा बैठकले निष्कर्ष निकालेको छ।

धर्म विश्वकर्मा,उपसचिव,नेकपा एमाले गुल्मी

नेकपा एमाले जिल्ला कमिटी गुल्मीको वार्षिक कार्ययोजना र जिल्ला पार्टी स्कुल विभागको अयोजना तथा पालिका कमिटीहरूको व्यवस्थापनमा मिति २०८० मंसिर ११ देखि पौष २ गते सम्म जिल्लाका १२ ओटै पालिका मा संचालित राजनितिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको संक्षिप्त समिक्षा कार्यक्रमको उद्देश्यः- १. पार्टीलाई राजनितिक तथा बैचारिक रूपमा प्रक्षिशित गर्ने । २. १० औ राष्ट्रिय महाधिवेशनको कार्यदिशा र कार्यभारलाई मुल रूपमा पार्टी कार्यकता र आम मतदाताका विचमा पुर्याउने ।३. अनुशासित, व्यवस्थित र जिम्मेवार पार्टी पंक्ती निर्माण गर्ने ।४. विरोधीहरूका गलत प्रचार र भ्रमलाई चिर्ने।५.लेलिनबादी संगठनात्मक पद्धती अनुरूप पार्टी संचालनमा ध्यान दिने ६.केहि भएन होइन गरे के हुन्न भन्ने चिन्तन प्रवितीको विकास गर्ने ।७.शौक्षिक जनशक्ति र श्रम शक्तिको पलायनलाई रोक्न सकरात्मक सोचको विकास गर्ने । तालिमको प्रभाव :- १. लामो समयको अन्तरालमा यसरी विषयबस्तु केन्द्रित राजनितिक बैचारिक प्रशिक्षण हुदा शिंगो पार्टी पंक्ती उत्साहित भएको छ। २.दक्षिणपन्थी अबसरबाद र संगठनात्मक अराजकतलाई रोक्न केहि हदसम्म सफलता प्राप्त भएको छ । ३. पार्टीको लक्ष्य, उद्देश्य, निति र कार्यक्रमका बारेमा शिंगो पार्टी पंक्तीको बुझाईमा एकरूपता कायम गर्न मद्दत पुगेको छ । ४. सबै पार्टीहरू उस्तै हुन केहि फरक छैन भास्य निर्माण गर्न खोजिएको वर्तमान अबस्थामा यो प्रशिक्षणले सबै पार्टी उस्तै होईनन् नेकपा एमाले अरू भन्दा राजनितिक,बैचारिक वा उद्देश्य र लक्ष्य फरक भएको जनताको पार्टी हो विगतमा नेकपा एमाले सरकारमा छदा गरेका हजारौ कामले यसको पुष्टी गर्दछ त्यसैले सबै पार्टी एउटै होईनन् नेकपा एमाले देश निर्माण गर्ने पार्टी हो भन्ने तथ्य सहित कार्यक्रता र जनता सम्म पुग्ने शुरुवात भएको छ । राजनितिक र बैचारिक वा व्यावहारिक हिसाबले बिरोधी शक्तिहरू संग सजिलै प्रतिवाद गर्न सक्ने पार्टी पंक्ती निर्माणमा कोसे ढुङ्गा साबित भएको छ।६. व्यवस्थित पार्टी निर्माणको एउटा पक्ष राजनितिक, बैचारिक कामको शुरूवात भएको छ।निरन्तर तहगत प्रशिक्षकको आवश्यकता छ।

हिरा एसी,सचिबालय सदस्य,नेकपा एमाले गुल्मी

नेकपा एमाले गुल्मीले हालै मात्र जिल्लाका १२ वटै तहमा विषयगत रुपमै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । लामो समयदेखि प्रशिक्षण नभइरहेको सन्दर्भमा यो प्रशिक्षण निश्चय नै महत्त्वपूर्ण छ।पार्टीमा संगठित नयाँ पंक्तिलाई नेकपा एमालेको विचार,दर्शन,निर्णय प्रक्रिया, जबज,संगठनात्मक शैली लगायतका विषयमा प्रशिक्षित गर्दै अनुशासित पार्टी निर्माण गर्न यसले सकारात्मक योगदान दिएको छ।आगामी दिनमा प्रशिक्षण दिनेहरु नेकपा एमालेको आन्दोलनमा लामो समयदेखि अगुवाइ गरेका,पार्टी हितमा काम गरेका,प्रशिक्षणको विषयसित मिल्दो आचरण भएका,स्थापित,योग्य र प्रशिक्षण कला भएका कमरेडहरु मध्येबाट छनौट गर्नुपर्ने देखिन्छ।साथै पार्टी एवं नेतृत्वको मेहनत र समय लगाएर गरिने यस्ता कार्यक्रममा पार्टी पंक्तिले भोगेका समस्या,सामाजिक एवं रचनात्मक काम,आन्दोलन,परिवर्तनका एजेन्डाहरुसित पनि जोडेर लैजान सकेमा अझ उपलब्धि मूलक हुनेछ।जिल्ला कमिटी र स्थानीय तहको नेतृत्वलाई सिकाउने प्रशिक्षकहरु आफै सिकारु होइन विषयवस्तुमा दख्खल राख्ने हुनुपर्छ।यस्ता कार्यक्रमहरु परिचय कार्यक्रम वा भेटघाट कार्यक्रम नबनुन् भन्नेतर्फ हामीले ध्यान दिनुपर्दछ । साथै प्रशिक्षण पार्टीको अनिवार्य र नियमित काम हो भन्ने कुरा हरेक कमिटीले बुझेर निरन्तरता दिने तथा प्रशिक्षण अनुसारको कर्म गर्ने योग्यतम नेतृत्व निर्माणमा ध्यान दिनुपर्दछ।जिल्ला भर प्रशिक्षण सम्पन्न गरेकोमा जिल्ला कमिटीलाई हार्दिक धन्यवाद !

चेतन बस्नेत,ईन्चार्ज,चन्द्रकोट

नेकपा(एमाले)लाई चौतर्फी घेरा- वन्दी गरिरहेको वेलामा दृढमनोवलका साथ प्रतिकुल मौसम या आर्थिक कठिनाई का वावजुद यो प्रशिक्षण कार्यक्रम गुल्मीका सबै पालिकाहरूमा संचालन गरेर पार्टी सदस्यहरू,शुभेच्छुकहरुमा पार्टी प्रति उमंग,उत्साह थप्ने काम गरेको छ।यस अवसरमा पार्टी पोलिटब्युरो सदस्य तथा गुल्मी ईन्चार्ज सुर्य थापा लगायत केन्द्रीय सदस्यहरू,पार्टी स्कूल विभाग प्रमुख लगायत सम्पुर्णमा हार्दिक धन्यवाद दिन चाहान्छु।निश्चय नै वेला-बेलामा हुने यस किसिमका प्रशिक्षण ले पार्टीमा अनुशासन कार्यन्वयन गर्न,गतिशिल वन्न र जनताको प्यारो पार्टी बनाऊन यस प्रशिक्षणले महत्वपुर्ण भुमिका निर्बाह गरेको महशुस गरेको छु।

शेषनारायण पौडेल,ईन्चार्ज,नेकपा एमाले रूरू

यो पार्टी प्रशिक्षण पश्चात दर्शन,माक्सबाद,पार्टीको मार्गनिर्देशक सिध्दान्त,दशौं महाधिबेशनबाट पारित राजनितिक प्रतिबेदन,सांगठनात्मक प्रस्ताब,संगठन परिचालन,बिधान,नेता र नेतृत्वका बिषयमा ज्ञान प्राप्त भएको छ।बैचारिक उर्जाले जागरण ल्याएको छ।पार्टीका निती बिचारका बारेमा पढ्ने र सिक्ने उत्प्रेणा प्राप्त भएको छ।

कृष्ण भन्डारी,ईन्चार्ज,नेकपा एमाले रेसुंगा नगर कमिटी

प्रशिक्षण कार्यक्रममा सहभागी सबैले धेरै समय पछी भएको बैचारिक प्रशिक्षण कार्यक्रमले उत्साहा थपेको धारणा ब्यक्त गरेका थिए।यस्ता बैचारिक किसिमका प्रशिक्षण कार्यक्रमहरु निरन्तर रुपमा संचालन हुनुपर्ने विचार ब्यक्त गर्नुका साथै नेता कार्यकर्तामा पाटी भित्र देखिएका असन्तुष्टिहरुलाइ पनी सम्बोधन गर्नुपर्ने विचार ब्यक्त गरेका थिए,समग्रमा भन्नुपर्दा यो प्रशिक्षण कार्यक्रम नेता तथा कार्यकर्ता तहमा देखिएका निरासाजनक स्थितीलाइ चिर्न सफल भएको कुरा सहभागीहरुले ब्यक्त गरेका थिए,समग्रमा यस नगरपालिका भित्र संचालन भएको प्रशिक्षण कार्यक्रमले नगरभित्र संचालन गरिने पार्टीका हरेक गतिविधीहरु संचालन गर्न थप उत्साहा पैदा भएको छ।यस्ता किसिमका बैचारिक प्रशिक्षणहरु युवा संघमा रहदा कैयौ बर्ष अगाडी लिईएको थियो उक्त प्रशिक्षणवाट हामीले पार्टीका सिद्धान्त,विचार,पार्टी कार्यकर्तामा हुनुपर्ने अनुशासन,निती तथा विचारहरुका बारेमा बुझेका थियौ तर अहीले लामो समयको अन्तराल पछी लिएको प्रशिक्षण कार्यक्रमले पुनरताजकी भएको महसुस गरेको छु,पछिल्लो चरणमा यो प्रकृयाले निरन्तरता पाउन सकेन,पछी माओवादी संग पाटी एकिकरण भइसकेपछि लामो समय प्रशिक्षण कार्यक्रमहरु संचालन हुनै सकेनन जसका कारण पार्टीमा नया आवद्ध नेता कार्यकर्ताहरुले यि सबै कुरा बुझ्ने कुरै भएन,जो बढी अध्यनशिल रह्यो तिनीहरुले सबै कुरा बुझ्न सके।हामीले प्रशिक्षण लिदा पार्टीका नेता कार्यकर्ता होलटाइमर भएर पार्टी काममा लाग्नुपर्छ भन्ने कुरावाट प्रशिक्षित हुदै आएको लामो इतिहास बोकेका कार्यकर्ता हौ,जुन पछिल्लो समयमा आएर रुपान्तरित भएको छ,अहीले पार्टीका नेता कार्यकर्तालाइ प्रशिक्षण दिइरहदा पार्टी नेता कार्यकर्ता आर्थिक सम्वृद्धी संगै पार्टी काममा लाग्नुपर्छ भन्ने कुराको सुरुवाती भएको छ अवस्य पनी आफ्नो आर्थिक अवस्था सबल नभइकिन पार्टीमा बढी समयदिन सकिदैन यसर्थ आर्थिक समृद्धी संगै पार्टीका गतिविधीहरुमा लाग्नुपर्छ भन्ने भावना पैदा भएको छ।हामीले पनी सोही अनुसार गर्नु जरुरी छ,देशमा बढ्दै गइरहेको बेरोजगारी समस्या समाधानका लागी युवाहरुलाइ उत्साहित गर्नका लागी उधमशिलता सम्बन्धी विचारहरु दिन आवश्यक छ,विगतका समयमा पार्टीका हरेक गतिविधीहरुमा सहभागीता जनाउने कार्यकर्ताहरुमा निरासाजनक स्थितीलाइ सम्बोधन गरी पुन पार्टी काममा फर्किनका लागी यो प्रशिक्षणले महत्वपुर्ण भुमिका खेल्ने आशा लिएको छु।

टोलटोलमा यस प्रकारको प्रशिक्षण,भेला,बैठक हरु निरन्तर रुपमा संचालन गरीरहनु पर्छ जसले गर्दा पार्टी संचालन गरेका समृद्धीका हरेक कुराहरुका बारेमा नेता कार्यकर्ता र सुभेष्क्षुकहरुलाइ थाहा हुन्छ जसले गर्दा निरासाका भारी वोकेका तमाम कार्यकर्ताहरुमा छुट्टै उर्जा प्रदान हुन्छ हुनुका साथै पाटीका नियमित गतीविधीहरुमा स्वतह स्फुर्त लाग्ने भावनाको विकास हुन्छ जसले गर्दा पार्टीले लिएको सुखी नेपाली,समृद्ध नेपालको परिकल्पना सम्भव हुन्छ ।

राजेन्द्र बिक्रम कॅुवर,अध्यक्ष,नेकपा एमाले श्मा

पार्टी स्कुल बिभाग गुल्मिले जिल्लाभर अभियानको रुपमा संचालन गरेको प्रशिक्षण कार्यक्रम इस्मामा मंसिर २५ र २६ गते सम्पन्न भयो।लामो समय देखि अवरुद्द प्रशिक्षण कार्यक्रम व्यवस्थित रुपमा संचालन हुनु,प्रशिक्षकहरुले विषय केन्द्रित प्रशिक्षण दिनुले प्रसिक्षणका सहभागीहरुलाइ उत्साहित बनाएको पाइयो।पार्टीको बिचार, दर्शन, संगठन, बिकास,अर्थतन्त्र तथा समसामयिक सन्दर्भमा चलेको प्रशिक्षणमा इस्माका ६ वटै वडाका पार्टी कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधी गरि ६७ जनाको सहभागिता रह्यो।वडा स्तरमा प्रसिक्षण संचालन गर्ने अबको योजना छ,केही सामान्य कमिहरुका वावजुद प्रसिक्षण सफलता पूर्वक सम्पन्न गर्न इस्मा गाउँ कमिटिले व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पूरा गरेको थियो।

शोभाखर गिरी,अनेरास्ववियु गुल्मी अध्यक्ष

बैचारिक दृस्ठिकोणले स्पष्ट हुने मौका !

नेकपा एमाले विचारमा स्पष्ट योजनामा दृण र लक्ष्य प्राप्तिको लागि सुझबुझ पुर्ण कार्ययोजना भएको पार्टी हो । यसै सन्दर्भमा नेकपा एमाले गुल्मीले संचालन गरेको पालिका स्तरीय पार्टी प्रशिक्षणले थप बलियो बनाउन सहयोग गरेको छ।गुल्मी जिल्लाका १२ वटै पालिकामा २ दिने आवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न हुँदै गर्दा यसले दुई महत्त्वपूर्ण पक्षलाई संगै अगाडि बढाएको छ।पहिलो पार्टीको आधिकारिक बैचारिक दृस्ठिकोण कार्यकर्ता लेबल सम्म पुगेको छ भने अर्को पार्टी सुसंगठित भएको संदेश दिन्छ।नेकपा एमालेको नर्सरिको रुपमा रहेको अनेरास्ववियु पनि यो अभियानमा संगै रहेकोले थप उल्लास थपेको छ।यो देशमा पुराना दल को समय सक्कियो भन्ने अतिबादी सोच बोकेर जनताको अभाव र असन्तुष्टिमा जन्मेको दल र परम्परागत सोच बोकेको दल लाई समेत गतिलो झापड दिने गरि नेकपा एमालेले संचालन गरेको समृद्धिको लागि संकल्प यात्राले पनि यो देशमा जनता को पार्टी नेकपा एमाले हो भन्नेको कुराको प्रमाण छर्लङ्ग भएको छ ।

यो प्रशिक्षण अभियानले हाम्रो गौरवसाली संगठन अनेरास्ववियुका नेता कार्यकर्ता प्रसिक्षित भएकोले पनि अब संगठनले आफ्नो काममा थप प्रगति गर्ने छ ।

समाजमा अझै पनि रहेका असमानता विभेद लाई अन्त्य गर्न समेत बल पुग्ने छ।अहिले शिक्षा क्षेत्रमा देखिएको असमानता शैक्षिक खाडल , व्यापारीकरण को अन्त्यको लागि अब हाम्रो ध्यान त्यसैमा केन्द्रित गर्नु जरुरी छ ।

शेरबहादुर बुढा,सचिब,नेकपा एमाले,कालीगन्डकी

हाम्रो पालिकामा आयोजित प्रथम पार्टी प्रशिक्षिण कार्यकम अत्यन्तै फलदायी भएको महशुस गरेका छौं।जे जति जिम्मेवार कमरेडहरु सहभागिको रूपमा हाम्रो पालिका बाट उपस्थित रहनु भयो,पार्टी प्रशिक्षण पश्चात आफुहरू लाई सकारात्मक उर्जा प्राप्त भएको महसुस गर्नुभएको छ।समय समयमा यस प्रकारका प्रशिक्षणहरू संचालन गर्नुपर्ने अवस्था छ,यस तर्फ सम्बन्धित सबैको ध्यान आकृष्ट गराऊन चाहान्छु।

विष्णु प्रसाद पौड्याल,पार्टी इन्चार्ज,नेकपा एमाले छत्रकोट

नेकपा एमाले ले छत्रकोट गाउपालीका गाउपालीका कमिटी मा ०८० मंसीर १३ र १४ गते सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा २५ वर्ष उमेर देखी ६५ वर्ष उमेर समुहका कमरेड हरुको उपस्थिति रहेको थीयो।६५ जना सहभागी भएको कार्यक्रम समग्रमा राम्रो रयो।कांग्रेस लगायत अन्य पार्टीले समाजवादको इरान गरीरहेको वर्तमान अवस्थामा नेकपा एमाले ले भन्ने गरेको समाजबाद र अन्यपार्टीले भन्ने गरेको समाजवादको वारेमा हाम्रा कार्यकर्तालाई बोध गराउने खालको प्रशिक्षण सम्पन्न भएको छ।

सबै प्रशिक्षण कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले प्रमुख प्रशिक्षका रूपमा प्रशिक्षण दिनुभएको थियो।उहाँले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको कार्यभार र कार्यदिशाका साथै नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहासका बारेमा प्रशिक्षण दिनुभएको थियो।त्यसैगरी पार्टीका केन्द्रीय सदस्य दिनेश पन्थीले पार्र्टी संगठन र व्यवस्थापन,केन्द्रीय सदस्य गणेश खनाल र गणेश श्रेष्ठले दर्शन र दर्शनशास्त्र, जिल्ला अध्यक्ष बालसिंह काउछाले प्रशिक्षण कार्यको महत्वका बारेमा प्रशिक्षण दिनुभएको थियो भने सोमनाथ सापकोटाले राजनीतिक दलहरूको तुलनात्मक अध्ययन, फर्शु पाण्डेले उद्यम  र उद्यमशीलता,केन्द्रीय सदस्य जङ्गबहादुर नेपाली,राजेन्द्र अर्याल र धर्म विश्वकर्माले स्थानीय तहका जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध,चक्रबन्धु भुसाल र जीवन खरेलले पार्टी निर्माण, नेतृत्व शैली र अनुशासन,गोविन्द गौतमले राजनीतिक अर्थशास्त्र,राधिका अर्याल,कमला शर्मा,ललिता गौतमले महिला सशक्तीकरण,समावेशी र पार्टी नीतिको योगदान र गणेश श्रीपालीले राजनीतिक सञ्चार विषयमा प्रशिक्षण दिनुभएको थियो भने सबै पालिकामा स्थानीय नेताहरूद्वारा त्यहाँको पार्टी संगठनको अवस्था र राजनीतिक शक्ति सन्तुलनका बारेमा विषय प्रस्तुत गर्नुभएको थियो । 

गुल्मीमा एमालेले सम्पन्न गरेको पार्टी प्रशिक्षण पश्चात शिंगो पार्टी पंक्ती उत्साहित भएको,दक्षिणपन्थी अबसरबाद र संगठनात्मक अराजकतलाई रोक्न केहि हदसम्म सफलता प्राप्त भएको छ।पार्टीको लक्ष्य,उद्देश्य,निति र कार्यक्रमका बारेमा शिंगो पार्टी पंक्तीको बुझाईमा एकरूपता कायम गर्न मद्दत पुगेको पार्टी नेता कार्यकर्ताहरूको भनाई रहेको छ।

(एमालेका अन्य नेता कार्यकर्ताहरूको गुल्मीमा सम्पन्न प्रशिक्षण सम्बन्धी बिचार युनिक खवर डट कम मा प्रस्तुत गर्दै जानेछौं।)

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको