कोभिडको बहानामा बजारमा कृत्रिम अभाव

काठमाडौं ।कोभिडको बहानामा बजारमा कृत्रिम अभाव सृजना गरिएको छ ।सरकारले कोरोना नियन्त्रणका लागि बिहीवारदेखि २ साता निषेधाज्ञा लगाउने निर्णय गरेपछि बजारमा सामान किन्नेको भीड लागेको छ तर दैनिक उपभोग्य सामग्रीहरू चामल, दाल, चिनी आदिको अभाव देखिएको छ ।

दुई साता अघिसम्म थोकविक्रेताले अग्रिम सामान पठाएर भुक्तानीपछि लिन पनि मान्ने गरेका थिए । अहिले खुद्रा व्यवसायीले अग्रिम भुक्तानी गरेको साता दिनसम्म पनि सामान नआएको बताएका छन् ।

‘चामल, दाललगायत सामानका लागि अघिल्लो साता नै अग्रिम भुक्तानी पठाएको थिएँ,’ खुद्रा व्यवसायी अर्जुन खड्काले भने, ‘पहिले शुरूमै सामान आउने गरेकोमा अहिले पहिले नै पैसा पठाउँदा पनि सामान पाउन मुश्किल छ ।’ निषेधाज्ञा हुने भएपछि बजारमा ह्वात्तै माग बढेकाले मौज्दात सामान विक्री भएको र नयाँ किन्न खोज्दा सामान पाउनै मुश्किल भएको उनले बताए ।यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

Related Post
सुनको मुल्यमा भारी गिरावट

सुनको मुल्यमा भारी गिरावट

कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मुल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ।

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो।