नेकपा एमालेको विज्ञप्ति– बडिगाड गाउँपालिका तत्काल नसुध्रिए संघर्षका कार्यक्रम गर्ने

नेकपा एमाले बडिगाड गाउँ कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै बडिगाड गाउँपालिकाले स्वास्थ्य शिक्षा क्षेत्रमा गम्भिर लापर्वाहि गरेको भन्दै तत्काल सुध्रिन आग्रह गरेको छ। गाउँकमिटि अध्यक्ष कमलराज आचार्यद्धारा जारी विज्ञप्तीमा बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत विद्यालयमा वितरण गर्ने आइरन चक्की (फोलिक एसिड) तथा अन्य औषधि र सेनेटरी प्याडको सन्दर्भमा विभिन्न मिडियामा आएका समाचार र गाउँपालिकाको गैरजिम्मेवार जवाफको कारण गाउँपालिकाकै वदनाम भएको भन्दै तत्काल सच्याउन आग्रह गरेको छ। एमालेले म्याद सकिएको औषधि वितरण गरेको सार्वजनिक रुपमा पुष्टि हुँदापनि पालिकाले आवश्यक कुनै कार्वाहि अगाडि नवढाएको भन्दै सम्वद्ध व्यक्तिहरुबाटै गैरजिम्मेवार जवाफ आउनु आफैमा दुखद् भनेको छ। पालिका भित्रकै जिम्मेवार व्यक्ति स्वास्थ्य जस्तो गम्भिरविषयमा सामाजिक सञ्जालमा क्रिया प्रतिक्रियामा उत्रनु लज्जाजनक भन्दै एमालेले विभिन्न प्रक्रियाको बाहानामा छात्राहरुले सेनेटरी प्याड नपाउनु अन्यायमात्रै नभएर स्वास्थ्य अधिकारकै हनन भएको ठहर गरेको छ। एमालेले पालिका भित्रका घटनाक्रमलाई गम्भिरतापूर्वक हेरेको भन्दै लापर्वाहि अन्त्य गर्दै जनपक्षिय काम नगरे थप संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको