एलायन्स क्लब गुल्मीको कार्यक्रम स्थगित

युनिक खवर,वामीटक्सार✍️

भाद्र ८ गते वामीटक्सारमा आयोजित एलायन्स क्लब अफ गुल्मी मुसिकोटको कार्यक्रम स्थगित गरिएको छ।

‘ईन्सटलेसन प्रोग्राम भाद्र ८ गते वामीटक्सारमा राख्ने निर्णय भएको थियो र सोहि अनुसार कार्यक्रमको तयारी पनि अगाडि बढिरहेको थियो र करिव करिव तयारीको अन्तिम चरणमा पुगेका पनि थियौं तर आफ्नो नगरकै समाजसेवि पृय युवा ब्यक्तित्व मोहन घिमिरेको निधनले सिंगो मुसिकोट नगरनै शोकमा रहेको बेला क्लब को स्थापना को उत्सब मनाऊने कार्यक्रम सांगितिक कार्यक्रम सहित गरिनु सान्दर्भिक नहुने देखियो’क्लबका अध्यक्ष रामकृष्ण कंडेलले बताऊनुभयो।

‘वामीटक्सारमा तत्काल उपलब्ध हाम्रा शुभचिन्तक साथीहरू एवम देश बिदेशमा रहनुभएका हाम्रा आफन्तजन हरूको सल्लाह सुझाब लाई आत्मसाथगरी भाद्र ८ गते शुक्रबार हुनेभनिएको कार्यक्रम नगर्ने र सो कार्यक्रम केहिदिन पछी आयोजना गरिने निर्णय भएको छ’सचिब बिमल छन्तेल ले बताऊनुभयो।

भाद्र ८ गतेको कार्यक्रम स्थगितगरी जनमतको कदर गरेकोमा सामाजिक संजालमा एलायन्स क्लबको यो निर्णय लाई सबैले राम्रो निर्णय को रूपमा स्वागत गरेको देखियो।

‘जनमत लाई कदर गर्दै केहिदिनको लागि हाम्रो कार्यक्रमको मिति सारेका छौं,छिट्टै बैठक बसेर अर्को मिति तोक्ने छौं साथै कार्यक्रम भव्य बनाऊने रहर छ’प्रस्ताबित एलायन्स क्लबका बिदेश बिभाग प्रमुख डिलु अर्यालले बताऊनुभयो।

भाद्र ८ को कार्यक्रमको सबै तयारी पुरा गरेका थियौं तर जनमत लाई कदर गर्दै यो कार्यक्रम स्थगित गरेका छौं अब छिटैनै भब्य र सब्य तरिकाले हाम्रो कार्यक्रम सम्पन्न बनाएरै छोड्ने छौ’कोषाध्यक्ष प्रबिना परियारको भनाई रहेको छ।

‘गत भाद्र २ गते शनिवारका दिन मुसिकोट नगरपालिका वडानं १ का वडाध्यक्ष तथा हामि सबैका पृय मित्र मोहन घिमिरे जी को दुःखद असामयिक निधनको कारण मर्माहत भएका छौं।मृतक घिमिरेको आत्माको चिरशान्तिको कामना तथा शोकाकुल परिवारजन प्रति गहिरो समबेदना ब्यक्त गर्दछौं’एलायन्स क्लब अफ गुल्मी मुसिकोट का जनसम्पर्क अधिकृत नारायण सापकोटाले बताऊनुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको