गुल्मीमा राष्ट्रिय जनगणनाको लागि ४१२ जना गणक खटिने

अनिल खत्री✍️

गुल्मी । गुल्मीमा राष्ट्रिय जनगणनाको तयारी पुरा भएको छ । भोलि देखि अर्थात यही कार्तिक २५ गते दाखि मंसिर ९ गतेसम्म घर घरमा पुगी मुख्य गणनाको स्थलगत कार्य सम्पन्न गर्न जिल्लाका ९३ वडाका ३९४ गणना स्थानमा ४१२ जना गणक कर्मचारिहरु परिचालन हुने जिल्ला जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले बताए ।

जनगणाको लागि १०१ सुपरिबेक्षकहरु खटाइएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना सम्पन्न हुन लागेको छ ।

घर घरमा खटिइ आउने गणक कर्मचारिहरुलाई आफ्नो तथ्य सत्य विवरण टिपाई राष्ट्रिय जनगणना २०७८ सफल पार्न आग्रह गरिएको जिल्ला जनगणना अधिकारी पोखरेलले बताए । मूलगणनामा गणकहरुले प्रत्येक जनगणना घर परिवारमा परिचयात्मक, पारिवारिक तथा व्यक्तिगत करिव ५५ वटाप्रश्नहरु सोधी विवरणहरु लिइने छ ।

जनगणनाको लागि यसअघि घरपरिवार सूचीकरण गरिसकिएको छ । गणनाको लागि सम्पूर्ण गणकहरु कार्यक्षेत्रमा आबश्यक सामाग्री सहित गणकहरु खटाइएको पोखरेलले बताए ।

परिवारमा अक्सर वसोवास गर्ने महिला पुरुषको संख्या, स्वदेश भित्रै तर अन्यत्र बस्नेको संख्या र विदेश भएकाको संख्याको साथै विदेश रहेकाको थप विवरण लिनेछन । परिवार बसेको घरको स्वामित्व, घर निर्माणमा कुन र कस्तो सामग्री प्रयोग भएको छ सो को विवरण लिइनेछन् ।

परिवारमा खानेपानीको स्रोत, वत्तिको स्रोत, खाना पकाउने इन्धन, परिवारमा शौचालयको अवस्था, परिवारमा प्रयोग भएका घरायसी सुविधा र साधन ( रेडियो, टिभी, इन्टरनेट, कम्पुटर, मोटरसाइकल, कार, वासिंग मेशिन .......आदि) हरु के के छ सो को विवरण लिइनेछन् । परिवारमा कृषि बाहेक साना घरेलु व्यवसाय संचालनमा छ कि छैन, छ भने संचालक पुरुष कि महिला, परिवारमा महिलाको (विदेश रहेकी महिला सहित) नाममा देशको कुनै पनि स्थानमा घर जग्गा छ कि छैन, परिवारमा गत १२ महिनामा भएको मृत्युको विवरण, १५–४९ बर्ष उमेरका विवाहित महिलाको मृत्युको विवरण लिनेछन ।

व्यक्तिगत विवरणमा व्यक्तिको लिंग, जन्म मिति सहित उमेर, जात÷जाति, धर्म, कुन देशको नागरिक हो, कुनै किसिमको अपाङ्गता छ÷छैन, ५ बर्ष मुनिका उमेरकाको जन्म दर्ता छ÷छैन, १० वर्ष माथिकाको लागी विवाहित स्थिति, विवाहित भए पहिलो पटक विवाह गर्दाको उमेर, ५ बर्ष माथिकाको लागि शैक्षिक अबस्था, १५–४९ बर्ष उमेरका विवाहित महिलाको प्रजननको विवरण, १८ बर्ष मुनिका वालबालिकालाइ संरक्षक को हो, १० बर्ष उमेर र सो भन्दा माथिकालाइ कुनै प्रकारको आर्थिक क्रियाकलापमा संलग्न छ कि छैन र छ भने कस्तो किसिमको क्रियाकलापमा सम्लग्न छ सो को विविरण लिइन्छ ।

६ महिना भन्दा कम आर्थिक क्रियाकलाप गरेको छ भने किन काम नगरेको लगायतका विवरणहरु मुख्य प्राश्नावलिमा सोधिनेछ । मुख्य गणनाकै क्रममा सुपरिबेक्षकहरु आफु खटिएको वडा कार्यालयमा पुगी करिव ८० वटा प्रश्न भएको सामुदायिक प्रश्नावली भर्नेछन् ।

मंसिर ९ गते गणकहरूले घर ठेगाना नभएका घुमन्ते फिरन्ते हरुको गणना गर्नेछन । मंसिर ९ गतेलाई सरकारले जनगणना दिवस मनाउने भएको छ ।

कोहि नछुट्ने र कोहि नदोहोरिने गरी गणनामा खटिने गणक कर्मचारीहरुलाई आफ्नो सत्य तथ्य विवरण टिपाइ हुन जिल्ला जनगणना कार्यालय गुल्मीले अनुरोध गरेको छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको