शिव गोरक्ष महोत्सव श्रावण महिनामा नै किन ?

श्रावण महिनालाई श्रावणी पर्वको महिनाको रूपमा पनि लिइन्छ । यस महिनाभर वेद वाचन गर्ने चलन पनि छ । यही महिनामै रक्षा बन्धन (गुरुबाट आशीर्वाद प्राप्त गर्ने पर्व), ऋषिहरूको पूजा आराधना गर्ने पर्वहरू पर्दछन् भने श्रावण नै ‘शिव सिद्धि महिना’ हो ।

श्रावण महिनाको प्रत्येक सोमवार ब्रत बस्नाले हाम्रा समस्त दुःख, कष्टहरू पनि सहजै हरण हुन्छन् र मनले चिताएको फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ । माघ महिनालाई स्वस्थानी माताको महिना भने झैँ श्रावण महिना शिवको महिना भनेर चिनिन्छ । हाम्रा धर्मशास्त्र, पुराण, वेद आदिले सबै देवीदेवताहरू सधैँभरि एकैनासले प्राणवान् अर्थात् चैतन्य हुँदैनन्, निश्चित तिथि–मितिमा सम्बन्धित देवीदेवताहरू ज्यादा चैतन्य हुन्छन् भन्ने तथ्य व्यक्त गरिएको पाइन्छ ।

सामान्य अर्थमा उक्त मुहूर्तमा दैवी शक्ति ज्यादा प्रभावकारी रहन्छ । श्रावण महिनाभरि शिव भगवान् र उहाँका अवतारहरू क्रियाशील र भक्तवत्सल बन्नुहुन्छ । थोरै भक्ति गरे पनि भक्तले तत्काल शम्भो सदाशिवको आशीर्वाद, वरदान प्राप्त गर्न सक्छ ।

त्यसैले होला बूढापाका, पंडित, गुरुदेखि सद्गुरुदेवसम्म हामीलाई श्रावण महिनामै शिव तŒवसँग साक्षात्कार गराउन प्रयत्नशील रहनुहुन्छ । यही सत्यतालाई दृष्टिगत गरी सिद्धाश्रम शक्ति केन्द्रले सदगुरुदेवकै निर्देशनमा श्रावण महिनामै श्री शिव गोरक्ष महोत्सव मनाउने जमर्को गरेको हो ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।