हामी स्वार्थी र ढोँगी हौँ :एमाले नेता कमलराज श्रेस्ठ

रामकृस्ण कंडेल,वामीटक्सार✍️

नेकपा (एमाले)गुल्मीका नेता कमलराज श्रेस्ठले नेपालका कम्युनिस्टहरू स्वार्थी र ढोगी भएको बताउनु भएको छ।आज आफ्नो फेसबुक वालमा पछिल्लो राजनीति अवस्था लगायत कम्युनिस्ट नेता कार्यकर्ताहरूको सोंच चिन्तन कार्यशैलीको बारेमा आफ्नो असन्तुस्टी पस्किदै श्रेस्ठले लेख्नु भएको छ:’नेपालका कम्युनिष्टहरुले मार्क्स र लेनिनलाई प्राधिकरण मान्छौँ।मार्क्स र लेनिनका नाम जप्छौँ तर के मार्क्स र लेनिनका पद चिन्हमा हिँडेका छौँ त’

‘नेकपा ( एमाले) का अनुयायीहरुले पुष्पलाल र मदन भण्डारीलाई पेवा सम्झन्छौँ र उनिहरुको नाम जपेर थाक्दैनौ तर पुष्पलाल र मदन भण्डारी ले देखाएको बाटोमा साँच्चै हिँडेका छौँ त’लुम्बिनी प्रदेश सभासद समेत रहनुभएका नेता श्रेस्ठले आफ्नो शुभचिन्तक हरू समक्ष कडा बिचार पस्किनुभएको छ।

नेता श्रेस्ठको निस्कर्ष छ:’हामीहरु स्वार्थीहौँ ,ढोँगी हौँ ? हामीहरु उनीहरुका अनुयायी हैनौ उनिहरुको नाम भजाएर आफ्नो स्वार्थसिद्ध गरिरहेका छौँ’

नेपाली नेतृत्वको कार्यशैलि प्रती असन्तुस्ट देखिनुभएका नेता श्रेस्ठ भन्नुहुन्छ:’गौतम बुद्धलाई हामी कहाँ जन्मेका हुन् भनेर गर्व गर्छौँ,छातीमा लेख्छौँ Buddha was born in Nepal भनेर नारा पनि लगाउँ छौँ तर बुद्धले भनेका कुरा १%पनि कहिल्यै अनुसरण गरेका छौँ?’नेपालको बर्तमान राजनितिक घटनाक्रमप्रति ‘काखको सन्तान मारी हरिबंश यज्ञ तर्फ लागेको’बुझाई नेता श्रेस्ठको छ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।