गुल्मीको रिडीमा एमालेकाे व्यवस्थित कार्यालय शुभारम्भ

कृष्ण अन्जान,रुरु✍

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष मधुकृष्ण पन्तले भागवण्डा खाेज्ने गरि समुहगत रुपमा हुने एकता अव स्विकार नहुने बताउनु भएकाे छ ।

नेकपा एमाले रुरुक्षेत्र वडा न १ कमिटीले अायाेजना गरेकाे पार्टी कार्यालय व्यवस्थापन र नयावर्षकाे उपलक्षमा अायाेजित चिया पान कार्यक्रममा बाेल्दै पन्तले कम्युनिस्ट एकताका नाममा भागवण्डा तिर नेकपा एमाले नलाग्ने अध्यक्ष पन्तले जाेड दिनु भयाे ।

गुल्मी जिल्लामा सँस्थापन पक्ष बलियो भएकाे बताउनु हुँदै सँगठन निर्माणमा अाफ्नाे अभियान जारि रहेकाे पन्तले बताउनु भयाे।

पार्टीको अान्तरिक तथा वाह्य व्यवस्थापन प्रमुख पक्ष भएकाेले सँगठन सँगै भौतिक रुपले सुसम्पन्न पार्टी बनाउने अभियानमा रुरु १ वडा कमिटिले भौतिक व्यवस्थापन गरेकाेमा धन्यवाद दिँदै कार्यालय व्यवस्थापन मा भौतिक र अार्थिक सहयाेग गर्ने पार्टी कार्यकर्ता र शुभचिन्तक हरुलाइ अध्यक्ष पन्तले सम्मान गर्नु भएकाे थियाे ।

पार्टी कार्यालय उद्धाटन कार्यक्रममा बाेल्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा नेकपा रुरु क्षेत्र गाउँ कमिटी इन्चार्ज हिमाल श्रेष्ठले पार्टीका हरेक सँगठन हरु चुस्त दुरुस्त पार्ने काममा एमाले जाेडदार रुपमा लागेकाे र अपेक्षित प्रतिफल प्राप्त भएकाे बताउनु भयाे ।

इन्चार्ज श्रेष्ठले तीन तहका सरकारले गरेका राम्राकाम जनता समक्ष लान कार्यकर्ता लाई अाग्रह गर्दै वडा र टाेलमा तिनतहका सरकारले गरेकाकाम जनताले कार्यकर्ता बाट थाहा पाउनु पर्ने बताउनु भयाे ।कार्यक्रममा बाेल्दै नेकपा एमाले रुरु गाउँ कमिटीका सह सँयाेजक शेष नारायण पौडेलले पछिल्लो चरणमा पार्टी र पार्टीका जन सँगठन क्रियाशिल मात्र हाेइन जीवन्त रहेकाे बताउनु भयाे ।

सह सँयाेजक पौडेलले हाम्रो अभिष्ट सँगठन सँगै पार्टी व्यवस्थापन पनि हाे र साँठनिक सुदृढीकरण र पार्टीको सबलिकरण मा हाम्रो ध्यान केन्द्रीत छ र यसैकाे उदाहरण रुरु १ काे कार्यालय र भौतिक व्यवस्थापन हाे ।

कार्यक्रममा बेल्दै जिल्ला कमिटि सदस्य तुल्सी श्रेष्ठले पार्टीकाे काम पहिलाे प्राथमिकतामा राख्न कार्यकर्तालाई अाह्वान गर्नु भयाे ।शुभकामना अादान प्रदान गर्दै जिल्ला कमिटी सदस्य राेहित भण्डारीले पार्टी सदस्यकाे अनुशासनले सँगठन जिवन्त रहने बताउनु भयाे ।अाफ्नाे धारणा राख्दै पत्रकार कृष्ण अन्जानले व्यक्तिको पछि हाेइन बिचारकाे पक्षमा लाग्नु पर्नेमा जाेड दिनु भयाे ।

रुरु १ वडा कमिटीका सँयाेजक नवराज वि ककाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमाले रुरु १ वडा इन्चार्ज माधव ज्ञवाली एमाले जिल्ला सल्लाहकार समितिका सदस्य यम बहादुर पौडेल चन्द्र लाल कसजु नेकपा एमाले जिल्ला कमिटि सदस्य शुवर्ण लाल कक्षपति लगाएतले अाफ्नाे धारणा राख्नु भएकाे थियाे ।नेकपा एमाले वडा न १ पार्टी सचिव चिरन्जिवि ज्ञवालीकाे सन्चालनमा भएकाे कार्यक्रममा सह सँयाेजक लक्ष्मी ज्ञवालीले स्वागत गर्नु भएकाे थियाे ।

कार्यक्रममा एकीकृत माअाेवादि सँग असहमति राख्दै रुरु १ भट्कुवा का लिला राना र धन बहादुर राना नेकपा एमालेमा समाहित हुँदै रुरु १ वडा कमिटी सदस्यकाे सपथ लिनु भएकाे थियाे ।

नेकपा एमाले जिल्ला कमिटि सदस्य समेत रहेका रुरु १ वडा सँयाेजक नवराज विकले अाफ्नै घरमा व्यवस्थापन गर्नु भएकाे अत्याधुनिक फर्निचर सहितकाे पार्टी कार्यालयकाे शुभारम्भ गरिएकाे छ ।याे पार्टी कार्यालयकाे शुभारम्भ सँगै रिडी बजारमा व्यवस्थित पार्टी कार्यालय भएकाे नेकपा एमाले पहिलाे पार्टी बनेकाे छ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।