अवसरवादको चक्रब्युहबाट पार्टी जोगाउनु पर्छ

आर सी न्यौपाने✍️

आमुख:-एकपटक दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलालाई सोधिएछ ‘तपाई यति महान् सफल नेता हुनको पछाडिको प्रेरणाको स्रोत को हो ? उनले जवाफ दिए, ‘मेरो बुबा’ । मेरो बुबा एउटा गाउँको मुखिया हुनुहुन्थ्यो र म उहाँसँगै गाउँ भेलामा जान्थेँ। म बुवाको दुई गुण सधैँ ध्यान दिएर हेर्थेँ। पहिलो, बुवा सधैँ गोलो बनाएर बस्नुहुन्थ्यो, सबैलाई समान रूपमा व्यवहार गर्नुहुन्थ्यो र सहभागी गराउनुहुन्थ्यो । दोस्रो, बुबा पहिला सबैको कुरा सुन्नुहुन्थ्यो अनि अन्तिममा मात्रै आफू बोल्नुहुन्थ्यो। मैले पनि त्यही सिकेँ। मण्डेलाले जसरी अाफ्ना बाबुबाट सुशासनका अाधार मन्त्र सिके र अफ्रिकाको स्वतन्त्रताका साथ समृद्धि पश्कन सफल भए । जसका कारण उनी अमर बन्न सफल भएको दृष्टान्त विश्व जगतको लागि प्रेरणाको स्रोत बनिरहेको छ । मण्डेलाको उक्त मार्गदेशको अनुसरण र कार्य सम्पादनको काैशलताबाट हाम्रो मूलुकको बागडोर हाँक्ने पार्टीहरु तथा सरकारका नेतृत्वहरु एवं संवद्ध सबै पक्षले शिक्षा लिन जरुरी छ । किनकि कोही पनि मानिस दुख भागि नहोउन भन्ने भावको समाजवाद र समवाद सर्वकल्याणकारी समाज /राष्ट्र निर्माणको ध्यय उचित मार्गदेश र दृढ संकल्प विना पूरा गर्न सकिँदैन । यो समवादी र समाजवादी समृद्ध नेपाल निर्माणको ध्यय तथा कार्यभार त्यति वेला मात्र पुरा गर्न सकिन्छ जतिवेला राष्ट्रिय एजेण्डाको जगमा साम्राज्यवाद तथा एकाधिकार दलाल पुँजीवादको घेरा तोड्न सकिन्छ । साम्राज्यवादरुपी घेरा त्यति वेला मात्र तोड्न सकिन्छ जतिवेला साम्राज्यवादी समुन्द्रको आकार ,त्यस भित्रका तरङ्ग हिमशीला तथा चट्टान र वायुको दिशा तथा गति एवं आरोह अवरोहलाई वश्तुगत ढङ्गबाट बुझ्न सकिन्छ ।

विषय विस्तार :- अगुल्ठो नठोसी आगो बोल्दैन भने झै वाद विवाद तथा वहश छलफलको श्रृङ्खलाबाटै वस्तुगत ,अात्मगत जगतका साथै सत्ता तथा पार्टीमा नयाँ आयाम विचार कार्यदिशा संस्लेसित हुदै जीवन र जगत एवं यसका अवयव पार्टी संगठित रुपमा झन नयाँ समृद्ध हुदै रुपान्त्रणको दिशामा अघि वढ्छ । यो विज्ञानको सार्वभाैम नियम हो । यसै संवन्धमा एङ्गेल्स भन्नु हुन्छ, सबै सामाजिक परिवर्तनहरु र राजनीतिक क्रान्तिहरुको अन्तिम कारण मानिसहरुको दिमागमा वा सार्वकालिक सत्य र न्यायबारे मान्छेको श्रेष्ठतर अन्तरदृष्टिमा खोज्ने होइन, परन्तु उत्पादन र वितरणको प्रणालीमा आएको परिवर्तनमा खोज्नु पर्दछ । तिनीहरुलाई प्रत्येक युगको दर्शनमा होइन परन्तु अर्थशास्त्रमा खोज्नु पर्दछ (एङ्गेल्स १९७६) । राष्ट्र र जनताको हितार्थ राज्यको तथा दलको नेतृत्व तहमा रहेका खास गरेर शिर्ष नेतृत्व यी सबै घटना परिघटनाहरुमा जिम्मेदार र जवाफदेहीताका साथ क्रियाशील हुनु समयको माग हो । नेतृत्व पंतिमा कुनै पनि विषयलाइ बुझ्ने बुझाउने सवालमा निरपेक्ष दृष्टिकोण निर्माण किंचित गरिनु हुदैन । कठोपनिषद्को एउटा मन्त्र छ । सहना भवतु सह नौ थुनक्तु तेजस्विनावधीतमस्तु सहवीर्यं करवाहै । सँगै मिलेर बसौँ । सबै मिलेर खाऔँ । सँगै मिली ठुला पराक्रमी काम गरौँ सबै मिली ओजस्वीपूर्ण अध्ययन गरौँ । यसै मन्त्र अनुसार सरकार र पार्टी नेतृत्वहरु सहकार्य र सहचार्यको मार्गमा अविचलित रुपमा चल्ने हो भने एकता र समृद्धि र राष्ट्रिय शक्ति सन्तुलन दुर दराजको विषय होइन । यसै सन्दर्भमा राजनीतिक दल तथा राज्य ब्यवस्था र सुशासनको सवालमा नेकपाका संस्थापक क.पुष्पलाल भन्नू हुन्छ "पार्टी तथा राज्य नीति प्रधान हुनु पर्छ नकि ब्यक्ति प्रधान ।" यस गुढ वीचारबाट के बुझ्न सकिन्छ भने राज्य तथा पार्टी निसन्देह नीति र विधिमा चल्ने हो भने सबै खालका समस्या सहजै समाधान भइ लोक कल्याणको ढोका खुल्न पुग्दछ । यसबाट समाजमा हार्दिकता ,सद्भाव र शहिष्णुताको पार्दुभाव भइ राष्ट्रिय अादर्शको क्षयीकरण हुनबाट जोगिन्छ । अफसोच अाज हाम्रा सबै राजनीतिक पार्टीहरुमा नेतृत्व पंतिले विधि विधान नीति कानून अात्मसाथीकरण गर्न चुक्न पुग्नुको परिणाम सत्ता आशक्तिको चित्त वेहोसी एवं मुर्छित मुद्रामा मूलुकको राजनीति जगडिएको छ । अनसाको सट्टा निरासा , प्रेमको सट्टा घृणा र सत्ता अाशक्ति लोभ लालसा , मोह ,क्रोध ,लम्पसारवाद ,लुटतन्त्र ,कमिसनखोर कलुसित मनोविकार हावि हुँदै गएको त होइन प्रश्न गंभिर छ । यो सत्य हो कि सत्ता मोह आशक्तिले भरिएको आँखाले सत्य कदापी देख्दैन। यस्तै मनोविकारबाट उन्मुक्तिको लागि संस्कृत साहीत्यमा भनिएको छ " कुर्वन्नेवेह कर्माणि जिजिविषेच्छतं सभास् ।" असल काम गरेर अमर हुने दिर्घायु हुने ईच्छा मानवले राख्नु पर्छ । पद प्रतिष्ठा भन्ने कुरा अस्थायी हुन यी कुराबाट ढिलो चाँडो भुत पूर्व हुनै पर्छ । यो वैज्ञानिक मर्म सबैले र खास गरेर अझ राज्यको बागडोर हाँक्ने संवद्धले विशेष रुपमा आत्मसाथ गर्न सक्नु पर्छ । समाजिक न्याय र रुपान्त्रणको दिशामा अभिप्रेरित हुन प्रेरणा प्रदान गर्न दार्शनिक भि.आई लेनिन भन्नु हुन्छ आफैलाई रक्षा गर्न नसक्ने क्रान्तिको कुनै महत्व हुदैन । परन्तु क्रान्तिले आफूलाई रक्षा गर्ने कुरा एकैचोटी सिक्न पनि सक्दैन । यसको अर्थ राष्ट्रको सर्वोपरी हितको लागि सरकार ,दल एवं संवद्ध पक्ष सबै सबै रुपान्त्रणको दिशामा संकेन्द्रित हुनुको विकल्प छैन ।

सिङ्गो व्रहमाण्ड जसरी गतिशील हुन्छ त्यसलाई बुझ्ने वदल्ने विज्ञान मार्क्सवादी विचार तथा राष्ट्रिय अन्तराष्ट्रिय राजनीति पनि विकसीत तथा गतिशील नभईरहन सक्दैन । त्यसैले वाम संक्रिणतावाद, मनोगतवाद, आत्म केन्द्रीत अवसरवाद, वर्गीय आत्मसमर्पणवाद, राष्ट्रिय आत्मसमर्पणवाद जस्ता कलुसित धन्दाबाट मुक्त भई पार्टी र राष्ट्रको लागि उचित एजेण्डा आत्मसाथ गर्न नेकपा ( एमाले ) का सबै नेता ,कार्यकर्ता तथा सरकार थप जिम्मेवार र जवाफदेही बन्नु पर्छ ।

निष्कर्ष :-संस्कृत साहित्यमा भनिएको छ(आशमयं जीवनम्) ।मानव जीवन निरासा होईन आशावादी बनाउनु पर्छ । तसर्थ आफुतिर फर्केर हेर्न सक्नु पर्छ । मन र हृदयलाई शान्त स्थिर बनाई सत्य र निष्ठाको राजनीति पश्कन सके मात्र समृद्धि एवं समुन्नत समाज निर्माण संभव छ । हो राज्य तथा राजनीतिक दलहरुलाइ गलत विचार चिन्तन, सिद्धान्तको वन्धक बनाउनु हुदैन । निगेल काल्डर भन्छन् (जव, प्राधिकार)को नियन्त्रणमा पुग्छ तव विज्ञानको मृत्यु हुन्छ । आफ्ना गुरुहरुको खण्डन गर्न तयार रहने यूवा ब्यक्तित्वहरुको निरन्तर प्रवाहले मात्र यसलाई जीवित राख्छ । ‘सरकार होस या पार्टी प्रणालीलाई, ब्यक्तिगत वा सार्वजनिक जीवनलाई सार्थक र ब्यवश्थित एवं खुला र पारदर्शी बनाउन सक्नै पर्छ । पार्टी र सरकारका काम कार्वाहीलाइ गुण र दोसका अाधारमा समर्थन र रचनात्मक आलोचनाको संस्कार बसाल्नु युक्ति संगत नै हुन्छ । जहाँ समस्या त्यहाँ समाधान गतिशील पार्टीको प्राण हो । कुनै पनि कमी कजोरी उपर वेलैमा निर्मम समिक्षाका साथ कमि कमजोरी हटाउने कार्य गर्न कुनै कसर वाँकी राख्नु हुदैन । राम्रा कामको प्रचार गरेर जस लिने र नराम्रा कामहरुको समिक्षा गरेर सुधारेर सुध्रिएर, सुद्धिकरण गरेर अघि वढ्न सकिन्छ ।मार्क्सवादले जीवन र जगतमा लागु हुने विपरित्वको एकत्वको नियमलाई बुझ्ने र त्यसबाट उत्पन्न हुने अन्तरविरोधहरुलाई एकता, सङ्घर्ष र रुपान्त्रणको श्रृङखलाद्वारा उचित मार्गमा दिशा निर्देश गरी सिङ्गो मानव जातिलाई समृद्ध गराउछ भन्ने मान्यता राख्दछ । जीवन्त पार्टी एकता सङ्घर्ष रुपान्त्रण यिनै आयामहरुको भूमरी, छाल, भङगलाहरु पार गर्दै अघि वढ्छ । इतिहाँस असल कर्मले निर्माण गर्ने हो । त्यसैले पार्टी तथा सरकारलाइ नीति विधिमा चलाउन सबै पक्षका अात्मकेन्द्रित अवसरवादबाट पार्टीलाई मुक्त राख्न नीति प्रधान बनाै ।

अात्म केन्द्रित अवसरवादको चक्रब्युहबाट कम्युनिष्ट अान्दोलनका साथै सिङ्गो राष्ट्रिय राजनीति नीति ,विधि मूल्य मान्यता आदर्श दरो संग पक्डाै । पार्टी एकता भत्काउन परचक्रिको लहै लहैमा माधव ,झलनाथहरुको पनि वेलैमा बुद्धि फिरोस । अध्यक्ष अोली जीले पनि सुझ बुझ र संयमताका साथ समस्या समाधानमा निर्णायक पहलु गरेर राहुल सांस्कृत्यायनको भनाई जस्तै “मागो नही दुनियाँको बदलो”को भाव सिर्जना हुने अवस्था सिर्जना हुन नदिनुस । यसो हुन सकेमा पार्टी एकता मजवुत बनाउदै समृद्ध नेपाल सुखी नेपालीको कार्यभार पूरा गर्न सकिन्छ ।

धन्यवाद ।

लेखक आर सी न्यौपाने नेकपा(एमाले)को युवा नेताको रूपमा परिचित हुनुहुन्छ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।