१०औं स्थापना दिवसको अवसरमा साईक्लिङ कार्यक्रम बुटवल, २० चैत ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको १० औं स्थापना दिवसको अवसरमा साईक्लिङ कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिकाका पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यका साथ साईकल र्‍याली गरिएको हो ।

‘स्वास्थ्यका लागि साईकल, पर्यटन पर्वद्घनका लागि साईकल’ नारासहित कालिकानगरस्थित कालिका मन्दिरबाट सुरु भएको र्‍याली निलकण्ठ बाबाधाम, हिलपार्क, ट्राफिक चोक, गोलपार्क, दुर्गा मन्दिर, जल बिनायक मन्दिर, निमचोक, फुलबारी, झोलुंगे पुल, देवीनगर पुगेर समापन गरिएको थियो ।

कार्यक्रमको एक समारोहकाबीच लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर विक, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही क्लबका अध्यक्ष गोपाल ज्ञवाली, वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला साईक्लिङ संघका सल्लाहकार जाकिर हुसैनले संयुक्त रुपमा टिसर्ट लन्च गरेका थिए।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।