रुरुक्षेत्रका भौतिक पुर्वाधार निर्माण मा प्रदिप कुमार ज्ञवालीकाे जाेड

कृष्ण अन्जान,रुरु✍️

सँघिय र प्रदेश निर्वाचनकाे माहौल तात्दै गर्दा राजनैतिक दलहरूले आफ्ना प्रतिबद्धताहरु पनि सार्वजनिक गर्ने क्रम जारी छ । मुख्यतया भौतिक विकासका कामहरु सम्पन्न गर्नेकुराहरु प्रतिबद्धतामा समेटिएका छन । 

नेकपा एमालेका तर्फबाट गुल्मी क्षेत्र न १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीका तर्फबाट जारी प्रतिबद्धतामा अन्य गाउँ पालिका र नगरपालिका सँगै रुरुक्षेत्र गाउँपालिका भित्रका भौतिक पुर्वाधार हरुकाे स्तराेन्नति र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । प्रतिबद्धतापत्रमाचौतारा ,भन्ज्याँग ,लाेक्मा ,ग्वादी माेटरबाटाे कालाेपत्रे गर्ने ,आमपाेखरा ,लामाखर्क ,ओखलढुंगा ,तालखाेला माेटरबाटाे स्तराेन्नति गर्ने कुरा उल्लेख गरिएकाे छ । 

यसैगरी चिदिगैरा भट्कुवा माेटरबाटाे र रानीवास टाहाटिम उल्लिखाेला माेटतबाटाे कालाेपत्रे गरिने प्रतिबद्धता गरिएकाे छ । यसै गरि च्यूरेककाे ज्वाईका पाेखरी ,कालथापे ,चितपाने , ठाडाबाट हुँदै एसमाेड सम्म सडक स्तराेन्नति गरिने भएकाे छ । च्यूरेककाे खानेपानीकाे समस्या समाधानका लागि जौखाेला ठुलापाेखरा लिफ्टिँग खानेपानी आयाेजनालाई अगाडि बढाउँदै च्यूरेकमा सर्वसुलभ एकघर एक धाराकाे व्यवस्थापन गरिने प्रतिबद्धता प्रतिनिधि सभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीले व्यक्त गर्नु भएकाे छ ।

रुरुक्षेत्रकाे समग्र विकासका लागि गुरुयोजना कार्यान्वयनमा ल्याईने छ भने कालीगण्डकी तटमा शवदाह गृहकाे निर्माण गरिने प्रतिबद्धता पत्रका उल्लेख छ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।