फोर्टिन स्टार कप को पहिलो चरणका खेलहरु आज सम्पन्न

अनिष पन्थी गुल्मी चैत ४

फोर्टिन स्टार कप २०७७ को पहिलो चरणका खेलहरु आज समपन्न भएका छन।आज दोस्रो दिनको पहिलो खेल अर्जै माद्यामिक बिधालय अर्जै गुल्मी र अर्जुन इङलिस बोर्डिङ स्कुल तम्घास बिच भएको थियो जसमा अर्जुन बोर्डिङ लाई ३-१ ले पराजित गर्दै अर्जै माध्यमिक बिधालयल क्वाटर फाइनलमा प्रवेश गरेको छ साथै अर्जै माविका छात्र सुनिल परियार 'पेलेअर अफ द म्याच' भएका छन भने आजै भएको दोस्रो खेल आदर्श बिधा आश्रम तम्घास र रिडि माध्यमिक बिधालय रिडि गुल्मी बिच भएको थियो जसमा आदर्श बिधा आश्रमलाई २-१ ले पराजित गर्दै रिडि माध्यमिक बिधालय रिडि गुल्मी क्वाटर फाइनलमा प्रवेश गरेको छ साथै रिडि माध्यमिक बिधालयका छात्र कृष्ण गौतम' पेलेअर अप द म्याच' भएका छन।

आजै भएको तेस्रो खेल गण्डकी इङलिस बोर्डिङ स्कुल तम्घास र बिर्लेन्ट युनाइटेड एकेडेमी तम्घास बिच भएको थियो जसमा बिर्लेन्ट युनाइटेड एकेडेमी लाई २-० ले पछी पार्दै गण्डकी इङलिस बोर्डिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेको छ।साथै गण्डकी इङलिस बोर्डिङ स्कुलका छात्र सुबास कार्की पेलेअर अफ द म्याच भएका छन।

यसरी आज पहिलो चरणका खेलहरु पनि समपन्न भएका छन भोलि देखि क्वाटर फाइनलका खेलहरु सन्चालन हुने क्लबका अध्यक्ष बिक्रम बुढाथोकीले जानकारी दिनुभएको छ ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।