अर्गानिक तिजका गितमा अर्गानिक दरकाे खान्कि

कृष्ण अन्जान✍️

अर्गली तानसेन नगरपालिका वडा न १४ फाेस्रान टाेल पुग्दा टाेलिभरिका आमा बा ,दाजुभाई दिदी बहिनी हजुरबा हजुर आमा स्थानीय राधाकृष्ण मन्दिरकाे प्राँगणमा जम्मा भएका थिए ।

विहानै नौ बजेदेखिकाे याे जमघटमा दिदीबहिनी हरुले तिजका गित रन्काउँदै थिए भने केही पाका मान्छे हरुले खान्कि पकाउँदै थिए । फाेस्रान टाेलका सबैघर हरुबाट सिठेझारा पार्दै बुधबार सबैलाई दर खान मन्दिर प्राँगणमा जम्मा पारिएकाे स्थानीय कृष्ण प्रसाद पाण्डेलेले बताए । हुनपनि साना बालबालिका देखि युवा र नव्वे वर्ष सम्माका जेष्ठ नागरिक सम्म जम्मा भएका थिए फाेस्रान टाेलकाे मन्दिरमा । हामीले गाउँका बा आमालाई बाेकेर मन्दिरकाे प्राँगणमा ल्याएका छम कृष्ण प्रसाद पाण्डेले थपे । एकातिर मादल घन्काउँदै तालिकाे तालमा परम्परागत तिजका गितहरुमा आमा दिदी वहिनिहरुले शालिन रुपमा नाच्ने र गाउने गर्दै थिए भने भान्साकाे काम पुरुष हरुले सम्हालेका थिए । आधुनिक तिजकाे दर जस्ताे तडक भडक काहँ हाे र याे दरमा त गाउँका अर्गानिक तरकारी र अन्य खान्कि पाक्दै थिए ।

भान्सामा पाकेको खान्कि पनि साँच्चै सात्विक र गाउँकाे उत्पादन थियाे । हामीले गाउँका घरघरबाट भाँचेर ल्याएका तामामा आलु मिसाएका तरकारी ,गाउँकै शुद्द गावाकाे तरकारी ,घिरम्लाे र आलु काे अर्काे तरकारी र बाेँगाे र चना मिसाईएकाे अचार सँग खान अर्गलीमै उब्जेकाे सामा मनसुली चामलमा स्थानीय घिउ हालेर बनाईएकाे खाजा पकाएका छौँ खान्कि पकाउने काममा खटिएका बाेधराज पाण्डे ,शिव ज्ञवाली र बिष्णु पाण्डेले एकैसाथ भने । गाउँटाेलमा किन छुट्टाछुट्टै दर खाने कम्तिमा पनि सामाजिक सद्भभाव कायम हाेस भनेर नै सबैलाई एकैठाउँमा जम्मा गरेका हौँ फाेस्रानका युवा नारायण पाण्डेले भने ।

दरखान ल्याईएका तरकारी चामल घिउ सबैले गाउँबाटै ल्याईएकाे हाे भने स्थानीय जनचेतना आमा समुहले जाेडेका भाँडाकुँडा मा दर पकाईएकाे थियाे सबै व्यवस्थापन अष्टभुजा युवा क्लवले गरेकाे छ । विहान देखि शुरु भएकाे तिजकाे गित सँगै साँझ भजन समेत चल्ने तयारी छ । जन्माष्टमि काे छैठौँ दिन भगवान कृष्णकाे छैँठिलाई समेत मध्य नजर गरेर राति बाह्र बजे सम्म भजन गरिने स्थानीय शिव शँकर पाण्डेले जानकारी गराए । वास्तवमा अत्यन्यै सद्भावका साथ याे अर्गलीकाे फाेस्रानमा आयाेजना गरिएकाे दरखाने जमघटले ठुला हाेटल हरुमा पुगेर दरखाने सम्भ्रान्त विचार माथि धावा मात्र बाेलेकाे छैन कि यसबाट केही सिक्नु पर्ने अवस्था देखिएकाे छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको