माटाे र कमेराे मै अामा दिदी बहिनी हरु हुरुक्क:कृष्ण अन्जान

युनिक खवर✍️

गाउँले जीवन सबैलाइ अा अाफ्नै टन्टाे ।वस्तु भाउलाइ घाँसपात , दाउरा पात , खेतिपातिकाे पिरलाे उस्तै कहिले वालि लगाउने त कहिले थन्क्याउने पिरलाे ।

यहि पिरलाे भित्र रुरुक्षेत्र ५ टाहाटिमका एक हुल अामा दिदी बहिनी हरु रिडी मास्तिर रातामाटमा भेटिए ।यी अामा दिदी बहिनी हरुलाइ पनि अाफ्नै टन्टाे थियाे ।गाउँले जिवनमा अामा दिदी बहिनीकाे पहिलाे काम हुन्छ दैलाे कुचाे ।यहि दैलाे लिप्ने माटाे लिन उनिहरु टाहाटिम बा करिब २० किलोमिटर टाढा रुरु क्षेत्र १ काे रातामाटा पुगेका हुन ।

गाउँतिर पनि राताेमाटाे त छ खन्न पाइँदैन खन्न गयाे भने माटाे चाेरेकाे भन्छन त्यसैले हामी त बर्सेनि यहिँ अाउछम साठी कटेकी अामा विष्णु पुरी ले भन्नु भयाे ।

टाहाटिम सम्म बस चल्न थालेपछि रातामाटाकाे माटाे गाउँ सम्म लान सजिलाे भएकाे छ ।स साना बाेरामा भरेका करिव ३० बाेरा माटाे बसमा चढाउँदै टाहाटीमकि निर्मला पुरीले भन्नुभयाे केलाइ गाउँमा माटाे खन्दा कसैकाे कुरा सुन्नु पर्याे खुरुक्क यहिँ अाया लयाे ।

रातामाटा बाट लाने माटाे पनि टाहाटिमका अामा दिदिु बहिनी हरुले तेसै भने लगेका छैनन ।एक बाेरा माटाेकाे साठी रुपैयाँ पर्छ गाडिले टाहाटिम पुर््याएकाे किलाकाे १ रुपैया लिन्छ अाफ्नाे भाडा जाेड्दा माटाे महँगै पर्छ त्यैपनि उता कुरा सुन्न भन्दा महँगै परेपनि यहिँ अाएर लाने गरेका छौँ बिजुला गिरीले भन्नू भयाे ।

रुरुक्षेत्र १ काे रातामाटा क्षेत्रमा पाइने माटाे गेरु जस्तै राताे मात्रै छैन लेसाइलाे पनि भएकाले गाउँघरका अामा दिदी बहिनी हरुकाे राेजाइमा यहाँकाे माटाे परेकाे छ ।

त्यसाेत यहाँकाे माटाे पनि सार्वजनिक त हैन कसैकाे बारीबाट खनेर लानु पर्छ तर सम्माे जग्गामा खन्न पाइने हुनाले शुरक्षित पनि छ ।

नेपालमा धेरै अामा दिदी बहिनी हरुले माटाे खन्दा ढिस्काले पुरिएर ज्यान गुमाउन परेका घटना हरेक वर्ष सुनिन्छन । अामा दिदी बहिनीले खतरै माेलेर पनि दैलाे लिप्न घर राम्राे बनाउन माटाे र कमेराे लिनजाने चलन भने अझै राेकिएकाे छैन ।

गाउँका अामा दिदी बहिनिलाइ लिप्ने माटाेले ठुलाे महत्त्व राख्छ हाम्रो पहिलाे काम नै दैलाे लिपेर सूरु हुन्छ अनि माटाेकाे जाेहाे नगरि भएन टाहाटिमकि सीता गिरीले भन्नु भयाे ।

गाउँ घरमा अझैपनि परम्परावादि घर हरुछन ती घरहरुकाे सुन्दरता लपक्क माटाे र कमेराले लिपेपछि झल्किने हुँदा गाउँ घरका अामा दिदी बहिनी हरु माटाे र कमेराेमा हुरुक्कै बन्न छाडेका छैनन ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।