अज्ञात राेगले मर्दैछन गुल्मीमा बाख्रा

कृष्ण अन्जान,रुरु

रुरु क्षेत्र ३ सागरपाेखरीका टाेप बहादुर गाहा यतिवेला धेरै दुखी हुनुहुन्छ ।सामान्य मजदुरी गरि जीवन यापन गर्ने गाहाले पालेका बाख्रा श्रृङखला बद्द रुपमा मर्न थालेपछी वहाँकाे मन पाेलेकाे छ ।माघ देखि यता टाेप बहादुरले पालेका बाख्रा पालै पिच्छे मरेका छन तर के राेगले मरेका हुन वहाँले बुझ्न सक्नु भएकाे छैन ।

पहिले झाेक्राउँन अनि जाेडले कराउँछन त्यसपछि फुर्लुँग्ग पल्टन्छन र मर्छन के भएकाे हाे बुझ्नै सकिन साह्रै दुखि छु काहँ भनम टाेप बहादुर गाहाले दुखेसो पाेख्नु भयाे ।त्यसाेत गएकाे पुस देखि यता रुरुक्षेत्रकाे १ च्यूरेकका अम्लपाटाक्षेत्रका इन्द्र बहादुर ज्ञवालीका अाधा दर्जन र रुरु ३ काे गौतमटाेलका घनस्याम गौतमका एक दर्जन बाख्रा अज्ञात राेगले मरेका छन ।

बाख्रा पालनलाइ अाफ्नाे व्यवसाय वनाएका यी किसान हरुलाइ परेकाे याे विपत र नाेक्सानिमा हेर्ने कुनै निकाए छैन ।न त सहानुभूति कसैकाे छ ।स्थानीय तहले व्यवसायिक पशुपालन गर्ने किसानका लागि अावस्यक प्राविधिक अौषधि मुलाेकाे व्यवस्थापन गर्नु पर्ने नियमित रुपमा प्राविधिक लाई पशुपालक किसानका गाेठमा पुर्याउनु पर्ने मा यसाे भएकाे पाइँदैन ।

पहुँचका भरमा टाठाबाठलाइ अनुदान र सुविधा दिइँदा थानपतीका टाेप बहादुर गाहा घनस्याम गौतम र रुरु १ का इन्द्रबहादुर ज्ञवालीकाे नाेक्सानी प्रति राज्यकाे अाँखा पुग्नु पर्छ कि पर्दैन ?

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको