चिनियाँ लगानीको हुवासिन सिमेन्टलाई विद्युत् सहज

  • By : रामकृस्ण कंडेल
  • समाज

धादिङमा निर्माणाधीन चिनियाँ सिमेन्ट उद्योग हुवासिनलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेसन सञ्चालनमा आएको जनाएको छ। मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्विचिङ स्टेसन शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको गोरखापत्र अनलाइनले लेखेको छ।

प्राधिकरणका अनुसार तनहुँस्थित तल्लो मस्र्याङ्दी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ। प्रसारण लाइनलाई स्विचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइनेछ। हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिने जनाइएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैँको बेलामा विद्युत् माग कम हुने मौका पारेर स्विचिङ स्टेसन चार्ज गर्न अनुमति दिइएको बताउनुभयो। “अन्य समयमा मस्र्याङ्दी–स्युचाटार १३२ केभी ट्रङ्क लाइन बन्द गर्ने सक्ने अवस्था नै थिएन, त्यसैले दशैँको बेलामा मिलाएर चार्ज गर्न दियौँ र टीकाको दिन स्विचिङ स्टेसन चार्ज भयो”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत् जडान गर्न सक्नेछ। ”

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो। कम्पनीले स्विचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२/१० केभीको सबस्टेसन निर्माण गरेको छ। प्राधिकरणले स्विचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो।

कार्यकारी निर्देशक घिसिङका अनुसार स्विचिङ स्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिनेछन्। “स्विचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको छ, साथै त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरिनेछ”, उहाँले भन्नुभयो। “यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिसमेत विश्वसनीय हुनेछ। ”

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।