गुल्मीको दौँघामा घरघरमा पानी

कृष्ण अन्जान,दौँघा

पानी बाेक्ने पँधेर्नीकाे राँका हातै हात पानी नपाइ पँधेर्नी त रुन्छे मध्येरात । जनकविकेशरी धर्मराज थापाले गुल्मीकाे दौँघा गाउँकाे फेँद गैरिखुट्टा मा रचेकाे र त्यहिँ गाएकाे गितकाे सम्झना गर्छन दौँघाका पाका अग्रज हरु ।गाउँबाट करिव डेढ घण्टाकाे बाटाे तय गरेर दौँघाका दाजुभाइ दिदी बहिनीले राँका बालेर पानी बाेक्न झर्दाका पीडा सम्झिएर एक पटक दौँधाका पाका अग्रज लाेक बहादुर ज्ञवाली टाेलाउनु भयाे ।

साह्रै दुख बेहाेरियाे दौँघाका पानीका दुखका कुरा गर्दा अाँखा रसाउँछन लाेक बहादुरले भन्नुभयाे ।उकालाे निस्केर गाउँ पुग्दा लाग्छ दौँघा पहाडि उपत्यका हाे ।सम्माे वारि बान्कि मिलेका घर विध्यालय वडा भवन मन्दिर खेल मैदान तर त्यहि ठाउँ जस्ले शताब्दियौँ देखि काकाकुलकाे नियति भाेग्न बाध्य बन्याे ।

गाउँका पाेखरी मा जमेकाे पानी पिएर त्यहाँका वासिन्दाले कति शताव्दी बिताए ।वर्षा मासकाे त्यहाँका पाेखरीमा जम्मा भएकाे पानीका लागि पनि हारालुछ हुने गरेकाे सम्झना दौँघा गाउँका वासिन्दा लाई ताजै छ ।यहि पीडा भित्र धर्मराज थापाले अाफ्नाे गितमा थप्नु भयाे

दौँघा जेरी पाेखरा नौधारा

काकाकुली कराउँछन बिचरा ।

पानीकै दुखले दौँघा गाउँका युवालाइ छाेरी दिन गाह्रो मानिन्थ्यो ।वास्तवमा त्यतिबेला छाेरीलाइ दौँघा दिए छाेरीले दुखपाउँछे भन्ने मान्यता थियाे ।यहि पिडाले कति दौँघेली मधेश तिर झरे ।

पानीकाे यहि पीडा भित्र फिनिडाले वर्षको पानी सँकलन गर्ने घैँटाेकाे निर्माण शुरु गरेपछि दौँघेली जनतामा काेहि अाशाका किरण हरु पलाए ।फिनिडाका रमेश बाेहरा जस्काे सुझबुझ पुर्ण निर्णयले दौँघामा यस्ता घैँटा धेरै बने र फिनिडाका रमेश बाेहरालाइ मायाले घैँटै बाेहरा पनि भनियाे ।वास्तवमा तिनै घैँटे बाेहरानै दौँघामा अाधुनिक पानीकाे व्यवस्थापन गर्ने अभियन्ता हुन भन्दा फरक पर्दैन ।

पटक पटक हुने निर्वाचनमा दौँघाकाे खानेपानी राजनैतिक पार्टीक एजेन्डा बने तर काम भएन ।कुनै पनि कामका लागि समय अाउन पर्दाे रैछ त्यस्तै भाे दौँघामा पनि ।मुलुक सँघियतामा गयाे स्थानिय प्रदेश र सँघिय निर्वाचन भए पछि दौँघेली जनताकाे खानेपानी काे वर्षौँ देखिकाे सपना पूरा हुने भएकाे छ ।

पहिलाे पटक यसै क्षेत्रबाट निर्वाचित प्रदेश सभा साँसद तथा लुम्बिनी प्रदेश विशेषाधिकार समितिका सभापति समेत रहनु भएका कमल राज श्रेष्ठले नेपालकै सबैभन्दा पानीकाे दुख भएकै ठाउँ दौँघाकाे सिरानमा वडाकार्यालय अगाडी गाडिएकाे पानीकाे धाराे खाेलेर अाफ्नै पहलमा ल्याइएकाे पानी धारैमा मुख जाेडेर घट्घट्ति पिउँदा सपना जस्तै लागेकाे दौँघाका वडाध्यक्ष थम्मन बहादुर ज्ञवालीले प्रतिक्रिया दिनु भयाे ।

सँघ प्रदेश र स्थानिय निकायकाे पहलमा निकाशा भएकाे करिब ६ कराेडकाे लागतमा दुई किलाेमिटर माथि लिफ्टिँग गरि तिनवटा टँकिमा रिजर्भ गरि ल्याइएकाे खाेक्का मुहान लिफ्टिँग खानेपानी अायाेजनाकाे याे पानिले क्षेत्रका करिव ५ सय ५० घर धुरीका हजारौं जनसंख्याकाे घाँटि एक घर एक धाराले भिजाउने छ र सधै पानीकाे डाेकाे बाेक्दा टाउकामा बसेकाे दौँघेली दाजु भाइकाे डाम पनि निकाे हुने छ ।

याे लिफ्टिँग पानीले दौँघा क्षेत्रबाट पानीकै दुखले हुने पलाएन पनि राेकिने छ र फेरी बाँझै जमिन छाडेर जाने हरुपनि बेला बेलामा दौँघा अाउने छन ।पानीकै कारणले दौँघामा छाेरी दिनु हुन्न भन्ने मानसिकता पनि फेरिनेछ र दौँघेली जनताले दौँघामा स्थानिय उत्पादन लाई प्राथमिकता राखेर हाेमस्टेकाे व्यवस्थापन गर्न सके अान्तरिक र वाह्य पर्यटकलाइ पनि तान्न सक्नेछ ।

फेरी दौँघाकै बारेमा नया गीत लेखिनेछ

दौँघा गाउँमा

मै चिठी पठाम्ला तिम्रै नाउँ मा ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको