गाउँमा युवा स्वरोजगार र उधमशिलताको विकास गर

कृष्ण अन्जान,रुरु✍️

रुरुक्षेत्र गाउँपालिका वडा न २ याडुँगकी कमला कुवँरलाई गाउँमा युवा स्वरोजगार र महिला उधम शिलताको अवसर प्राप्त होस भन्ने चाहना छ । सँघिय र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेर वहाँको गाउँमा पुग्नेहरुलाई उनले यहि कुराको माग गर्नुहुन्छ । गुल्मी क्षेत्र न १ बाट प्रतिनिधिसभा लागि उम्मेदवार बनेर प्रचारप्रसारका कार्यक्रममा याडुँग पुगेका प्रदिप कुमार ज्ञवाली समक्ष उनले युवा स्वरोजगार र महिला उधमशिलताका कुरा ढुक्कले राख्नुभयो । 

गाउँघरमा पुर्वाधार विकासका माग हरु हरेक गाउँमा स्वाभाविक रुपमा प्रस्तुत भैरहेका थिए तर गाउँबाट कमला कुवँरले वास्तविक एजेन्डा एमाले नेता प्रदिप कुमार ज्ञवाली सँग राख्नु भएको छ । गाउँघरमा महिलाहरुका लागि उधमशिलता सँगै उनले गाउँमा गुणस्तरीय शिक्षा ,स्वास्थ ,उत्पादनको बजारिकरण ,र उत्पादनमा व्यवसायीकताको समस्या समेत खुलेर राख्नु भएको छ । 

गाउँघर युवा विहिन छन ।रोजगारीको अभावले युवा विदेशीन विवस छन । गाउँमा कुनै रोजगारी छैन ,आय आर्जनको बाटो केही छैन अनि बुढा बा आमा ,सुत्केरी श्रीमती ,स साना बालबालिका घरमा छोडेर विदेशीनु युवाको वाध्यता छ । युवा विदेशीएपछि करिब गाउँ रित्ता छन र यहि रित्तो गाउँमा वहार ल्याउन कमला कुवँरले उठाएको उधमशिलताको यो एजेन्डाले गाउँको समस्या लाई प्रष्ट पार्छ । 

कमला कुँवर यो एजेन्डा उठाउने एक जना प्रतिनिधि पात्र हुनुहुन्छ तर वहाँ जस्ता सोँच भएका युवाहरु आफ्ना एजेन्डा उठाउन नसकेर चुपचाप छन । केही राजनैतिक नेताहरुले हामीलाई भोट दिए बिना पैसा विदेश पठाउने गैर जिम्मेवार कुरा गरिरहेका छन तर कमला कुवँरको गाउँमा उधमशिलताको मागले ती नेताहरूको भनाईलाई दरिलो झापड हानेको छ । 

विकासका पुर्वाधारहरु गाउँमा पुग्दा युवा स्वरोजगार र उधमशिलता पनि आवस्यक भएको गुल्मी क्षेत्र न १ का उम्मेदवार प्रदिप कुमार ज्ञवालीको प्रतिबद्धतामा उल्लेख छ । त्यसोत जनता सँग अन्तरकृया र छलफलमा पुग्दा प्रदिप कुमार ज्ञवालीले युवा स्वरोजगार र उधमशिलताको विकासका कुरामा आफ्नो ध्यानाकर्षण भएको बताउँदै आउनु भएको छ।  

गाउँमा युवहरुलाई अडाउनु पर्छ भन्ने मान्यतामा युवाहरुको तथ्यांक सँकलन ,उनिहरुको रुचि ,रुचिकै आधारमा सीप विकास तालिम ,र तालिम पछि व्यवसायका लागि पुँजीको व्यवस्थापनका लागि नितिगत व्यवस्था गर्न एमाले लागेको ज्ञवाली बताउनु हुन्छ । वास्तवमै गाउँमा स्वरोजगारको सिर्जना र उधमशिलताले गाउँको विकासका नया आयाम थप्ने कुरामा कुनै शँका नभएको रुरुबाट पत्रकार कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।