स्यानिमाया गितको सफलताको सुभकामना!

बिपिन रायमाझी✍

मैले सुने अनुसार,प्रायः हिन्दुधर्म मान्ने मानिसहरुमा पाँच किसिमका नशा हुन्छन्।म आफू भित्र त्यो पाँच मध्यको एउटा नशा गित -सङ्गीत को नसा हो।अझै त्यसमा पनि नेपाली लोक लयमा आधारित लोक गित सङ्गीत सङ्गको मेरो सानै देखिको सालिन र सभ्य साईनो छ।मुलतः नेपाली सङ्गीत क्षेत्रमा आउने अधिकाम्स गित हरु सुन्ने र हेर्ने गर्छु,समाज बुझ्न र मानिस बुझ्न मलाई गित सङ्गित ठूलो सारथि बनेको छ।

स्यानिमाया

मेरो ब्याक्तीगत रुपमै चिनाजानि भएता पनि अझै बढी सबैले चिन्ने गरेको मौलिक नेपाली लोक सङ्गित र पन्चेबाजाको क्षेत्रमा एउटा अनवरत नाम हो बसन्त थापा।लोकगित लाई मौलिकता सहित नया र भिन्न फ्युजनका साथ सिङ्गो सङ्गितको बजारमा लोकलयका गितको आधिपत्य बिस्तारमा बसन्त थापाको अथक मिहेनत र बर्चस्व छ।सबै ब्याक्तिहरुलाई सबैले सुन्ने र रुचाउने गर्दैनन,तर मैले सङ्गीत क्षेत्रमा अनवरत रुचाएको नाम र सङ्गीत बसन्त थापाको हो।नेपाली लोकलयमा आधारित सङ्गितमा बसन्त थापाको एउटा अलग्गै पहिचान र धार छ।

पछिल्लो समय तिजको माहोलमा आएको गित रत्यौलि "स्यानिमाया" जुन गित केही समय अघि टिकटकमा अत्याधिक रुचाईएपछि उक्त गितको असली सर्जकलाई सामेल बनाएर,वहाकै शब्द सङ्गितमा फ्युजनका साथ बसन्त थापा Yutube chhanel बाट बजार ल्याईएको छ।जसमा मुल सर्जक चन्द्रा सुवेदी"आमा" सङ्गै केही अन्य सुमधुर आवाजहरु समेत सामेल बनाईएको छ भने पुरुष आवजमा स्वयम बसन्त थापा लगायतको आवाज छ।कुनैपनि बिषयमा आलोचनात्मक हिसाबले जानेहो भने खोटहरुका चाङ लगाउन समय लाग्दैन।मुख्य कुराचाई यो हो कि त्यो चिजले आफुलाई कस्तो प्रभाव पार्यो भन्ने हो।

फ्युजन म्युजिक र हेरिरहु लाग्ने भिडियोका साथ तयार गरिएको "स्यानिमाया" ले म लाई सुनिरहन र हेरिरहन बाध्य पार्यो।सङ्गितको ठूलो तागत नै त्यो हो जहाँ दर्शकलाई अडाउन सकिन्छ।स्यानिमायाले म लाई झुमिरहन र हेरिरहन अडिक बनाईराख्यो।चलदृश्य कैदमा पनि हेरिरहु लाग्ने दृश्य कैद गरिएको छ।त्य्सैले समग्रमा गितले न्याय पाएको छ।नेपाली लोकलयमा आधारित गितहरुमा श्रोता दर्शकलाई झुम्न र भुल्न सुनिरहन मन लाग्ने बनाउन मिहेनत गरिरहने वसन्त थापा सङ्गितमा फेरि पनि अब्बल साबित छन।गितको अधिक्तम पक्षले झुमाएको छ सङ्गितको शक्ति ले हृदयमा राज गरेको छ,मौलिकता लाई गुम्न दिईएको छैन।लोपोन्मुख भाकामा नया पुस्तालाई आक्रसित गरिएको छ।

चलदृश्यमा अभिनय गरेका अधिकाम्स सबै कलाकार हरुको उत्कृष्ट र न्यायोचित अभिनय छ,आँखा बाहिर डुल्न खोज्दैनन,सकेपछि फेरि एकपटक हेरु हेरु र सुनुसुनु लाग्छ तेहि हो गितको मिठास तागत र सङ्गितको सकारात्मक पक्ष।

गितको सफलताको सुभकामना!!

Related Post
चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

मोडेल ओ बि रायमाझीले आफु लाई पहिलो पटक गायकको रुपमा प्रस्तुत भएको बताईएको छ।बाहिर भेट्दा देखे भने बाउ आमा ले कराउलान,लुकि लुकि भेटम गाइको गोठमा,जस्ता मन छुने शब्द ले भरिएको माया प्रेम को विषय बस्तु लाई समेटिएको छ।

दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

'आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ' भनेको सुन्दा, किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किनकि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोगशालाको बिद्यार्थी हौं । तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुनेरहेछ ।