रुमाले जीप दुर्घटनामा ज्यान गुमाएकाप्रति मुख्यमन्त्री पोखरेलद्वारा शोक व्यक्त

अनिल खत्री,गुल्मी

प्यूठानको स्वर्गद्वारी नजिकै रुमालेमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक कर्मचारीहरुप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शोक व्यक्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जीप बुधबारतम्घास देखि स्वर्गद्वारी जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना हुँदा चालक सहित ५ जनाको मृत्यु भएको थियो।

बिहिबार मुख्यमन्त्री पोखरेलले शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउने राष्ट्रसेवक कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवाजनप्रति गहिरो समवेदन व्यक्त गर्नुभएको छ। घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री पोखरेलले बढ्दो सवारी दुर्घटना रोक्न प्रदेश सरकारले सडक सुरक्षा बिशेष अभियान सञ्चालन गरेको बताउनुभएको छ।

सडक सुरक्षा अभियानलाई प्रभावकारी रुपमा सम्पन्न गरि दुर्घटना न्यूनिकरण गर्न सबैको सार्थक सहभागिता आवश्यक उल्लेख गर्नुभएको छ। प्रहरी,यातयात व्यवसायी, यातयात मजदुर, राजनैतिक दल, सञ्चारकर्मी लगायत सरोकारवाला सबैको सहभागिताले सडक सुरक्षा कार्यक्रमलाई सार्थक बनाउन सकिने उहाँको विश्वास रहेको छ। यस अभियानमा एकजुट भई सहभागि हुन अपिल गरेका छन् ।

दुरघटनामा १२ जना घाइते भएका थिए। घाइते ७ जनाको काठमाडौंमा उपचार भइरहेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको