५० वर्षअघि मारिएका आफ्ना सहयोद्धालाई श्रद्धान्जली दिन अध्यक्ष ओली सुखानीमा जाँदै

५० वर्षअघि आजकै दिन पञ्चायती शासकबाट हत्या गरिएका आफ्ना पाँचजना सहयोद्धा कमरेडहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजा झापाको सुखानी पुग्नुभएको छ ।

२०२८ सालमा शुरु भएको झापाली कम्युनिस्ट क्रान्तिका चार योद्धा नेत्र घिमिरे,रामनाथ दाहाल,वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने वहानामा २०२९ साल फागुन २१ गतेका दिन इलामा र झापाको सीमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।केपी ओली,सीपी मैनालीहरुसँगै उहाँहरु पनि झापा क्रान्तिमा होमिनुभएको थियो । त्यसबेला अध्यक्ष केपी ओलीलाई रौतहटमा पक्राउ गरी गोलघरमा १४ वर्ष यातनाका साथ जेलमा राखिएको थियो ।

सुखानीमा जंगलमा मारिएका कम्युनिस्ट क्रान्तिकारीहरुको स्मृतिमा नेकपा एमालेले हरेक वर्ष सुखानी दिवस मनाउने गरेको छ । सुखानीमा एमालेले पाँच शहीदको शालिक स्थापना गरेर पार्क बनाएको छ भने केपी ओली नेतृत्वको सरकारले २०७२ साल फागुन १९ गते सुखानीमा मारिएका योद्धालाई शहीद घोषणा गरेको थियो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको