उम्मेदवार डिल्लीराज भुसाल मुसिकोटका टोलबस्तीमा भोट माग्दै

रामकृष्ण कंडेल,वामीटक्सार✍️

लुम्बिनी प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज भुसाल मुसिकोट नगरपालिकाको टोलबस्तीमा मतदातासंग भेटघाटमा हुनुहुन्छ।एमाले उम्मेद्वार भुसाल संग मतदाताहरूले गाउँको विकास पहिले पनि एमालेलेको पहलमा सुरु भएको र अबको दिनमा समेत एमालेले विकास गर्नका लागि माग समेत गरेका छन् । 

मतदाता संगको भेटघाट कार्यक्रममा उम्मेदवार भुसालले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनु भयो । मुसिकोट नगरपालिका वडा नं.१ पौदिअमराईमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले बहुमत ल्याएर विजयी हुने बताउनु भयो । 

गुल्मी २ को समग्र विकासका लागि योजना बनाएर अघि बढेको भन्दै उहाँले विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको बताउनु भयो । सत्ता गठबन्धनले अहिलेसम्म राम्रो कामगर्न नसकेको र भविष्यमा पनि गर्न नसक्ने भएकाले एमालेलाई जिताउनु पर्ने उम्मेदवार भुसालले बताउनु भयो । दुर्गम बस्तीको विकास गर्न एमालेनै चाहिने भन्दै उम्मेदवार भुसालले आफ्नो क्षेत्रका मतदाताहरूको जिवनस्तर उकास्न आफुले सहयोग गर्ने बताउनु भएको छ । 

गुल्मी क्षेत्रनं २ क का चियापसलदेखि मेलापातसम्म डिल्लीराज भुसाल सही उम्मेदवार भएको भन्दै उहाको पक्षमा चर्चा हुने गरेको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजार निवासी यज्ञमुर्ती कंडेलले बताऊनुभयो। मुनपा १ मा आयोजित कोण सभामा भुसालले भन्नुभयो,गुल्मीको टोलटोलमा एमाले पुगिसकेको छ, नागरिकको माग बमोजिम विकासका काम गर्दै आएको छ ।’ गाउँमा एमालेको पहलमा धेरै ठूला विकासका काम भएकाले अधुरा काम गर्न एमालेनै आवश्यक भएको बताउनु भयो । साथै समृद्धिको सपना पुरा गर्न एमालेका उम्मेदवारलाई मत दिन मतदातालाई आग्रह गर्नुभएको छ । 

कार्यक्रममा पौदीअमराईबासीले खानेपानी,सडक मर्मत तथा जनताको जिवनस्तर उकास्ने खालका कार्यक्रममा सहयोग गर्न र जितेपछी गाउँमा आउन आग्रह गरेका छन । गाउँ पुग्नु भएका उम्मेदवार भुसाल लाई टोल टोलमा भव्य स्वागत गरिएको थियो। एमाले उम्मेदवार भुसालले आज मुसिकोट नगरपालिका वडा नं २ का मतदाता संग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।