पलाएन भएकाे सारी चरा रुरुक्षेत्रमा फेरी देखियाे

कृष्ण अन्जान,रुरु

केही वर्ष देखि रुरु क्षेत्रकाे ग्रामिण क्षेत्रबाट पलाएन भएका सारी चरा फेरी देखा पर्न थालेका छन ।लामाे समय देखि नदेखिएका सारी जात चराहरु केही दिन देखि रुरुक्षेत्र गाउँ पालिका १ काे स्यालपाेखरी क्षेत्रमा दुई चार वटाकाे सँख्यामा देखिएका हुन ।पर्यावरणीय असन्तुलनका कारण सारी जातकाे चरा नदेखिएको अनुमान गरिएकाे थियाे ।जाडाे याममा रिडी बजारमा याे चरा देखिएकाे र गर्मी बढे सँगै रिडीबाट माथि गाउँ तिर सरेकाे पाइएकाे छ ।

गाउँ घरका कुटमेराे जातकाे घासकाे रुखका टाेँडका र घरका खाेपा हरुमा गुँड लगाएर बस्ने याे सारी चराे पछिल्लो चरणमा कुटमेरा का ठुला रुखहरु ढालिनु का सथै गरहरुका खाेपा समेत टालिएपछि सारी चरा वासस्थानकाे खाेजिमा अन्यत्र बसाइ सरेकाे हुन सक्ने रुरु १ च्यूरेकका समाजसेवी तारानाथ ज्ञवालीकाे भनाइ छ ।

त्यसाेत रिडी बजार क्षेत्रमा पाइने सारी चरा पनि बिरामी अवस्थाका जस्ता देखिन्छन ।मुख्यतया रिडी खाेलामा बग्ने केमिकल मिसिइएकाे पानी खाने गरेका सारी चरा हरु यात मरेका छन यात प्वाँख झर्ने चुच्चाेमा घाउ भएका दुव्ला देखिन्छन् ।कुनै जमाना थियाे काेहि करायाे भने बाँसका सारी झैँ भनिन्थ्याे ।हुन पनि साँझ परेपछि बाँसका झाँगमा हजारौं सारी हरु चच्यागँ र मच्याँग गर्थे ।तर यतिवेला गाउँमा बाँसका झाँग पनि छैनन सारी पनि छैनन ।

वास्तवमा किसानका लागि सारी चरा मित्र जीव थिए बारिमा तरकारी अन्नवालीमा लाग्ने किरा फट्याँग्रा खाएर उत्पादन बृद्दि गर्न सहयाेग गरेका थिए ।गत वर्ष सलह अाउँदा यश क्षेत्रमा हजारौं काग र चिलले सलह किरा माथि अाक्रमण गरेर मकै बालि बचाइ दिएकाे सम्झना रुरु १ का मित्र ज्ञवाली गर्नु हुन्छ ।

पर्यावरणमा अाउने विभिन्न कारणले धेरै जँगलि पशु पँक्षि हरु लाेपाेन्मुख अवस्थामा छन ।करिव पाँच वर्ष देखि रुरुक्षेत्रमा स्याल हाप्सिलाे बन बिरालाे देखिँदैन ।समुदायकाे अग्रसरताले लाेपाेन्मुख जँगलि जनावर र चराहरुकाे सँरक्षण हुन सक्छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको