शारदा बिद्या मन्दिर माबि वामी मैदानमा अभिभावक भेला सम्पन्न

रामकृस्ण कंडेल,वामीटक्सार✍️

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं ८ वामी मैदानमा अवस्थित शारदा बिधा मन्दिर मा बि मा अभिभावक भेला सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पुनर्गठनको लागि अभिभावक भेला आयोजना गरिएको हो।

भेलाले अभिभावकहरु मध्येबाट पार्वती के सी,कोक बहादुर छन्तेल,प्रबिना परियार र कर्णबहादुर विकलाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन गरेको छ।प्रधानाध्यापक सहितको पाँचजना सदस्य रहेको समितिले बाँकी पदहरुमा मनोनयन गरिसकेपछि अध्यक्ष छनौट गरिनेछ।

विद्यालयमा अध्यापनरत शिक्षकहरु मध्येबाट एक जना शिक्षक प्रतिनिधि विद्यालय व्यवस्थापन समितिका सदस्यको रुपमा रहने व्यवस्था छ।यसैगरी विद्यालय व्यवस्थापन समितिमा नगरपालिकाबाट एकजना सदस्य मनोनयन गर्ने व्यवस्था छ।

भेलाले होम बहादुर छन्त्यालको अध्यक्षतामा शिक्षक अभिभाबक संघ गठन गरेको छ।अभिभावक संघको सदस्यहरुमा गीता राना, अमृता छन्तेल,ढालबहादुर खत्री,बाबुराम परियार,टोपली पौडेल,कोपिला परियार,लक्षीमा रायमाझी रहनुभएको छ।

अभिभावक भेलाको प्रमुख अतिथीको रुपमा वडाध्यक्ष नारायण सापकोटा रहनुभएको थियो भने बिशेष अतिथिमा मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख चुराबहादुर छन्तेल रहनुभएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु क्रमशः खड्ग बहादुर घर्तीमगर,गोविन्द बहादुर बि क,मुसिकोट नगरपालिका कार्यपालिका सदस्य सत्या जि सी,वडा सदस्यहरु क्रमशः क्याप्टेन पूर्ण बहादुर घर्ती,सुकमाया बि क लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि वडाध्यक्ष नारायण सापकोटा,शिक्षा शाखा प्रमुख चुराबहादुर छन्तेल,बिधालयका पुर्ब अध्यक्ष गोबिन्द बहादुर बि क लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

अभिभाबक भेला प्रधानाध्यापक ज्ञानहरी सापकोटाको स्वागत मन्तब्य,रामबहादुर बोहोराको अध्यक्षता तथा शिक्षक रामकृस्ण कंडेलको सन्चालनमा सम्पन्न भएको थियो।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।