माल्टाका नेपालीको आयोजनामा अहिलेसम्मकै ठुलो राशीको फुटबल खेल हुँदै

रामकृष्ण कंडेल✍

युरोपियन मुलुक माल्टामा अहिले सम्मकै ठूलो धनराशि पुरस्कार रहेको फुटबल प्रतियोगिता आयोजना गरिएको छ l माल्टामा बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था NMFC को आयोजनामा 8 अगस्ट 2021 मा खेल आयोजना गरिएको क्लबका सचिव आकाश गुरुङले जानकारी दिनुभएको छ l “NMFC europe regional football tournament” नाम दिइएको फुटबल प्रतियोगिता माल्टाको साइरेन्स स्टेडियममा हुँदैछ छ l यो फुटबल प्रतियोगिता अहिले सम्मकै ठूलो धनराशिको हुन लागेकोले युरोपभर बसोबास गर्ने नेपाली हरुले प्रतियोगितामा भाग लिने क्लबका सदस्य प्रकाश भण्डारीले माल्टाबाट जानकारी दिनुभएको छ l सदस्य भण्डारीका अनुसार अहिले सम्म उक्त खेलका लागि युरोप का विभिन्न देशहरुबाट १० खेल समूहले आफ्नो नाम सहभागिताको लागि दर्ता गरिसकेको बताउनुभएको छ l भण्डारीका अनुसार खेल सञ्चालन हुने समय सम्म युरोप भित्र बाट करिब २० खेल समुहले भाग लिने अनुमान गरिएको धारणा व्यक्त गर्नुभयो l नेपालमा जन्मेर विभिन्न उद्देश्यले यूरोपका विभिन्न देशहरुमा रहेका नेपाली खेलाडीहरु लाई माल्टामा उपस्थित गराई आपसी भाईचाराको सम्बन्ध विकास गर्ने उद्देश्यले खेल आयोजना गरिएको क्लवका सदस्य तथा यस कार्यक्रमका आयोजक सदस्य भण्डारीले बताउनुभयो l 

भण्डारीका अनुसार खेलमा सहभागी हुनको लागि प्रत्येक खेल समूहले ५०० युरो दर्ता शुल्क बुझाउनुपर्ने नियम बनाइएको छ l खेलमा प्रथम स्थान प्राप्त गर्ने फिल समूहले २५५५ युरो नगद मेडल र प्रमाण पत्र,पहिलो रनर अप समूह लाई १५५५ युरो नगद मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् l त्यसैगरी बेस्टकिपर को लागि ५०० यूरो मेडल र प्रमाणपत्र प्रधान गरिनेछ l 

यस खेलमा सहभागी हुनको लागि आफ्नो समूहको नाम दर्ता खेल सम्बन्धी कुनै जिज्ञासा वा खेलमा आफ्नो प्रायोजन गर्न को लागि आफ्नो सिछ्या भएको हो भएमा NMFC क्लवका सचिव आकाश गुरुङ सँग 77357874 र 77796445 मा सम्पर्क गर्न सकिने क्लब ले जनाएको छ l

यो पनि पढ्नुहोस्:

माल्टा मा बस्ने नेपालीहरु जुटे

विदेश पुगेपछि आफ्नाे देशकाे माया लाग्छ, आफ्नै भेष र परिवेशकाे माया लाग्छ ।

मनभित्र सगरमाथा उम्लिन्छ काेशि गण्डकी कर्णाली सुसाउँछ उहीँ डम्फू मादलका झ्याउरे हरुले म खिच्छ र उहीँ ढिँडाे र गुन्द्रुककाे स्वादले मुखै रसाउँछ ।

हाे विदेशम जहाँ रहेपनि नेपाली माटाे बसाउँछ र म भरिन्छ ।

यतिबेला लाग्छ नेपाल रित्तो छ गाउँ रित्ता छन विदेश पलाएन राेकिएकाे छैन तर विदेश पुगेर पनि नेपाल भने कसैले विर्सेकाे छैन ।घर आँगन चौतारि कसैले विर्सेकाे छैन ।

तन उता भए पनि मन नेपाल तिर छ विदेशिएका हरुकाे ।

वैदेशिक राेजगारीका लागि माल्टा पुगेका नेपाली हरुले सवै माल्टामा बसाेवास गर्ने नेपाली हरुलाइ समेटेर नेपाल माल्टा फ्रेण्डसिप क्लब लाई फेरी निरन्तरता दिँदै आपसि भाईचारा कायम गर्दै अगाडि बढ्ने शन्देष दिएका छन ।

याे निरन्तरतामा क्लवकाे सँरक्षकमा मीन खनाल रहनु भएकाे छ भने क्लबले राजेन्द्र भण्डारीलाइ अध्यक्ष ताेकिएकाे छ ।

यसै गरि वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष द्दय र महिला उपाध्यक्षमा क्रमश कृष्ण गाेपाल पुन रामु भण्डारी भगवान थापा र पासाङ खान्डु शेर्पा रहनु भएकाे छ भने महासचिव सचिव काेषाध्यक्ष सहकाेषाध्यक्षमा क्रमश भिषण गुरुङ आकाश गुरुङ देवेन्द्र खड्का निरज पराजुलि चयन हुनु भएकाे छ ।

सदस्य हरुमा दासिराम खनाल सरिता कटुवाल प्रताप राई हरी पौडेल राजन घिमिरे भरत सुवेदी जीवन जिसी चुनिनु भएकाे छ भने खेलकुद सँयाेजकमा मनाेज उपाध्यक्ष हुनुहुन्छ ।

क्लवले शुभाष पुरी विरेन्द्र घिमिरे रेमलाल खनाल प्रकाश भण्डारी युगल राई र केदार कार्कीलाइ सल्लाहकार ताेकेकाे छ ।

याे कार्यसमितिले क्लबलाई माल्टा सरकारकाे कानुन बमोजिम दर्ता प्रकृया मा लानुका साथै माल्टामा बस्ने नेपाली आप्रवासि हरुकाे हकहित र बहु आयामिक विकास मा कृयाशिलता बढाउने माल्टा नेपाल फ्रेण्डशिप क्लबका नव निर्वाचित अध्यक्ष राजेन्द्र भण्डारीले बताउनु भयाे ।

कार्यक्रम काे अध्यक्षता राेशन आचार्यले गर्नु भएकाे थियाे भने सन्चालन आकाश गुरुङले गर्नु भएकाे थियाे ।

पछिल्लो चरणमा माल्टामा नेपाली हरु जाने क्रम बढे सँगै सँगठनकाे आवस्यक्ता महशुस गरि क्लबमा नेपाली हरुलाई सँगठित गरिएकाे सचिव आकाश गुरुँगले बताउनु भयाे ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।